शिक्षक महासंघ अदानचुलीले बुझायो ज्ञापनपत्र

हिक्मतजंग सिहं

मेरो आन्दोलन मेरो सहभागी “ भन्ने मुल नाराका साथ शिक्षक महासंघ अदानचुलीले बुधबारबाट अनिश्चितकालीन आन्दोलन सुरु गरेको छ । नेपाल शिक्षक महासंघ संघिय कार्यसमितिले गरेको निर्णय बमोजिम देशव्यापी आन्दोलनका कार्यक्रम गरेको हो शिक्षक महासंघ हुम्लाले पनि निर्णय गरे सगै अदानचुलीमा रहेका मा वि , नि मा वि र प्रा वि गरि जम्मा २० वटा विद्यालयका प्रधानाध्यापकको उपस्थितिमा चैत १९ गते बैठक बसी आन्दोलन गर्ने निर्णय गरेको र्याली सहित ज्ञापनपत्र बुझाउने कार्यक्रम गरेको ज्ञानोदय माविका शिक्षक बिस्नुलाल जैसीले बताए ।

केन्द्रीय कार्यक्रम बमोजिम केन्द्रमा अनुपस्थित शिक्षकहरु शिक्षा बिकास तथा समन्वय इकाईमा , जिल्लामा उपस्थित हुन नसक्ने शिक्षकले नजिकको पालिका शिक्षा तथा खेलकुद शाखामा गई बिरोधका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको सुर्याेदय मा वि का शिक्षक रिमिलाल बुढाले बताए ।

शिक्षक महासंघका मागहरु संघिय शिक्षा ऐन तत्काल लागू गर्नु पर्ने र शिक्षा ऐनमा साविक प्लस टु ,स्थायी शिक्षकहरु ,राहत शिक्षकहरु ,अनुदान शिक्षकहरु ,बिद्यालय कर्मचारी , बालविकास ,कार्यलय सहयोगि तथा सबै प्रकारका शिक्षकहरुको माग सम्बोधन गरि संघिय शिक्षा ऐन लागू गर्नुपर्ने माग शिक्षक संघकोे रहेको छ ।

वि.स. २०२८ सालमा आएको मौजुदा शिक्षा ऐनले हालसम्म शिक्षकहरुका सेवा सुविधाहरु निर्धारण गरेको हुनाले वर्तमान समयानुकूल शिक्षक कर्मचारीहरुका माग सम्बोधन गरि नयाँ शिक्षा ऐन जारी गर्नु पर्ने माग सहित शिक्षा युवा तथा खेलकुद शाखा अदानचुलीलाई ज्ञापनपत्र बुझाउदै माग पूरा नहुन्जेलसम्म शिक्षक महासंघ अदानचुलीको आन्दोलन जारी रहने काँखे प्राविका प्रधानाध्यापक खड्क बहादुर शाहीले बताए । भोलीदेखि अनिश्चितकालीन आन्दोलनमा हुने सुर्याेदय मा विका प्रधानाध्यापक टंकध्वज खत्रीले बताए ।