हुम्लामा शिक्षकहरु आन्दोलित, पठनपाठन ठप्प

फोटो क्याप्सन जिल्लामा आन्दोलन गरि रहेका शिक्षककाे  र्याली । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्लाभरका शिक्षकहरु आन्दोलित भएका छन् । शिक्षक आन्दोलित हुँदा विद्यालयमा पठनपाठन ठप्प भएको हो । शिक्षकहरुले विद्यालय बन्द गरेर आन्दोलन सुरु गरेका छन ।

सवै गएर आन्दोलनमा सहभागिता जनाउन संभव नहुने देखिएपछि जिल्ला मै आन्दोलन सुरु गरिएको हो । आन्दोलनको पहिलो दिन शिक्षक महासंघ हुम्लाको आयोजनामा बिरोध र्याली, गाउपालिकाको कार्यालयमा धर्ना र कोण सभा आयोजना गरिएको नेपाल शिक्षक संघ हुम्लाका अध्यक्ष जुनराज हमालले बताए ।

बिरोध र्याली सिमकोट बजार परिक्रममा समेत गरेको थियो । यो बिरोध कार्यक्रम सिमकोट गाउँपालिका मात्र नभएर अन्य छ वटा नाम्खा, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा गरिएको छ । उनले शिक्षक महासंघको माग पुरा नभएसम्म जान्दोलन हुम्लामा पनि जारी रहने बताए ।

आर्थिक रुपमा सबै शिक्षक काठमाडौं गएर आन्दोलनमा सहभागिता जनाउन नसकिने देखिएपछि जति दिन काठमाडौंमा आन्दोलन हुन्छ त्यति दिन नै हुम्लामा पनि आन्दोलन जारी रहने भएको छ । यो आन्दोलनमा महासंघमा आबद्ध शिक्षक संगठनहरु नेपाल शिक्षक संघ, नेपाल शिक्षक संगठन र नेपाल राष्ट्रिय शिक्षक संगठनका सदस्यहरुको सहभागिता रहेको थियो ।

जिल्लाका केही शिक्षकहरु राजधानी काठमाडौं गएका छन । महासंघको केन्द्रीय बिरोध कार्यक्रम अनुसार हुम्ला जिल्लाका शिक्षक महासंघका आवद्ध शिक्षक संगठनका प्रतिनिधिहरु काठमाडौं गएका हुन । तीन दिन अगाडी महासंघमा आवद्ध शिक्षक संगठनका प्रतिनिधिहरुबिच जिल्लामा भएको बैठकले राजधानी केन्द्रीत आन्दोलनबाट सहभागीता जनाउने निर्णय गरेको थियाे ।