सि.टा. समाचारदाता
सिमकोट । स्वास्थ्य पत्रकार मञ्च कर्णाली प्रदेशको अध्यक्ष पत्रकार ललित वसेल चयन भएका छन् । सुर्खेतमा स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरु संगठित भएका छन् । पत्रकारिताको माध्यमबाट स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारहरु साझारुपमा एकत्रित भएका हुन । यसका लागि उनीहरु मिलेर स्वास्थ्य पत्रकार मञ्च कर्णाली गठन गरेका छन ।
जसको अध्यक्षमा ललित बसेल निर्विरोध चयन भएका छन् । विहीबार सुर्खेतमा सम्पन्न भएको स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आएका कर्णालीका पत्रकारहरुको भेलाले स्वास्थ्य पत्रकार मञ्च कर्णालीको अध्यक्षमा बसेललाई निर्विरोध चयन गरेका हुन ।
उपाध्यक्षमा तृप्ती शाही, महासचिवमा नन्दराम जैशी, सचिवमा मिन बहादुर रावल (रमेश) र कोषाध्यक्षमा गीता थापा चयन भएका छन् । भने सदस्यमा देवबहादुर राना र टेकराज केसी निर्विरोध चयन भएका छन् । पदाधिकारी चयनपछि स्वास्थ्य पत्रकार मञ्च कर्णालीले अब बिट रिपोटिङका आधारमा स्वास्थ्य क्षेत्रका गतिविधिबारे खोज तथा सन्देशमुलक सामाग्री प्रकाशन तथा प्रचार प्रसार गर्ने बताएको छ ।
मञ्चका अध्यक्ष बसेलले कर्णालीमा स्वास्थ्य क्षेत्रका समस्या समाधानको विकल्पबारे पत्रकारिता मार्फत भुमिका निर्वाह गर्ने उल्लेख गर्दै राम्रा कामको प्रचार गरेर अन्य प्रदेशलाई सन्देश दिने बताए । त्यही अनुसार सबै पदाधिकारीस्लाई कलम चलाउन उनको आग्रह छ ।












