सि.टा. समाचरादाता
हुम्ला । हुम्ला र बाजुरा जिल्लाको सिमानामा रहेक दुवै जिल्लाका बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् । सिमाना कवाडीमा दुवैतिरका गाउँँहरु भिरालो र पहिरो खस्ने जमिनका भएको स्थानमा बस्ती रहेको कारण पहिरोको उच्च जोखिममा देखिएका हुन ।
सिमाना कवाडीमा हुम्ला पट्टी ताँजाकोट गाउँपालिका– २ मा बस्दै आउनु भएका कर्णप्रसाद जैसीले बस्ती नै पहिरोको उच्च जोखिममा रहेको तर अन्य बिकल्प नभएपछि स्थानीयलाई बस्नै पर्ने बाध्यता रहेको बताए बर्खामा बढी पानी पर्ने बित्तिक्कै माथिबाट भल वगेर घरघरमा पस्ने समस्या वर्षेनी भोगी रहेको बताउदै सधै चिन्ता मै बस्नु परि रहेको छ ।
कवाडीमा हुम्ला जिल्लाका बीस घरघरी बस्दै आउनु भएको छ । ती वस्ती पहिले रहेको स्थान भन्दा तीन सय मिटर भित्र सरेको भएपनि सो स्थान पनि सुरक्षित नभएको उनको भनाई छ । हुम्लाका वस्तीका स्थानीय वर्खामा धेरै पानी परे बाजुरातर्फ जाने गर्दै आएका छन् ।
यता बाजुरा जिल्ला हिमाली गाउँपालिका– ५ मा पर्ने कवाडीको बस्तीको अवस्था पनि उस्तै रहेको छ । बाजुरातर्फको कवाडीका ब्यापारी कर बुढथापाले हिउदमा ठिकै भएपनि वर्खामा भने डराई डराई बस्तीमा वस्नु परि रहेको बताए । हुम्लापट्टी भन्दा बाजुरापट्टी कम भिरालो भएपनि पहिरोको उच्च जोखिमै रहेको उनले बताए । स्थान कवाडी भएपनि सो स्थानमा बाजुराको रुगिन गाउँका स्थानीय बस्दै आएका छन् ।
बाजुरातर्फको कवाडीमा सत्तरी घरधुरीको बसोवास हुँदै आएको छ । बर्खामा सधै लेदो सहितको भल बगी रहने भएपछि हालसम्म मानवीय क्षेती भने नभएको बताउदै बुढथापाले डरत्रास बस्नु परि रहेको छ । केही वर्ष अगाडी माथि भिरबट चट्टान खसेर तीन वटा घरलाई क्षेती पुर्याएको सम्झदै उनले बस्ती नै स्थान्तरण गर्नु उपयुक्त समाधानको उपाय भएको बताए ।
हुम्ला जिल्ला ताँजाकोट गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापाले कवाडीको बस्ती पहिरोको उच्च जोखिममा रहेको बताउदै यसलाई जिल्ला विपद ब्यवस्थापन समितिले पनि जोखिमको बस्तीमा रुपमा पहिचान गरेको बताए । बस्ती जोखिम भएको कारण यसलाई स्थान्तरण गर्न अबश्यक रहेको छे । यता हिमाली गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर मल्लले एउटा सिङ्गो बस्ती नै पहिरोको उच्च जोखिममा रहेको र आफ्नो पहिलो कार्यकालबाट बस्ती स्थान्तरणको लागि प्रयास गरिएको भएपनि त्यसले सार्थकता नभएको जनाए ।
वर्खा लाग्ने बित्तिक्कै कवाडीका स्थानीयको आफुलाई सुरक्षित राख्ने ब्यवस्थाका लागि फोन आउने गरेको कारण पनि स्थानीय कति डरमा वस्छन भन्ने थाहा पाउन कठिन छैन । दुवै जिल्लाका पहिरोको जोखिममा रहेका वस्तीका बासिन्दाहरुलाई सुरक्षित स्थानमा सार्न आवश्यक रहेको र त्यसका लागि प्रदेश र सङ्घीय सरकारले ध्यान दिन जरुरी रहेको छ ।
























