कति छन् हुम्लाकाे नाम्खा गाउँपालिकामा हिम चितुवा

फोटो क्याप्सन उकाली परियोजनाले अुसन्धानका क्रममा नाम्खामा पत्ता लागेको हिम चितुवाका अवस्था पत्रकार माझ सार्वजनिक गर्दै प्रमुख लामा । तस्बिर ः सि.टा  

सि.टा. समाचारदाता
सिमकोट । हिमाली जिल्ला हुम्लामा हिम चितुवाको सङ्ख्या पत्ता लागेका छन् । उक्त गाउँपालिका पहिलो पटक हिम चितुवाको बैज्ञानिक सङ्ख्या अध्ययनको सफलता पुर्वक सम्पन्न भएपछि यसको सङ्ख्या समेत पत्ता लागेको हो ।

उच्च पहाडी तथा हिमाली पारिस्थिती प्रर्णालीमा पाईने दुर्लभ, लोपउन्मोख र संरक्षित वन्यजन्तु हिम चितुवाको अनुसन्धान क्यामेरा ट्रयापिङ प्रबिधिबाट पत्ता लगाउने कार्य भएको उकाली परियोजनाका प्रमुख अनुसन्धान रिन्जिन फुन्जोक लामाले बताए ।

आफ्नो संस्थाले अनुमति लिएर गरिएको अनुसन्धानको प्रतिबेदन पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर उनले सार्वजनिक गरेका हुन । पहिलो पटक नाम्खा गाउपालिकामा गरिएको उक्त बिधिबाट ३९ वटा हिम चितुवा पत्ता लागेको हो । यो सङ्ख्या हाल नेपालमा पत्ता लागेको सङ्ख्या भन्दा राम्रो स्तरमा हुम्ला पत्ता लागेको परिमाण रहेको छ ।

अनुसन्धान गरिएको क्षेत्रमा पत्ता लागेका हिम चितुवाको सङ्ख्यालाई हेर्दा प्रति एक सय वर्ग किलो मिटरमा एक दशमलव ८४ घनत्व रहेको छ । यसको अनुसन्धान एक देखि चार महिनासम्म गर्न सकिने भएपनि नाम्खा गाउँपालिकाको उच्च क्षेत्रमा दुई महिनामा गरिएको थियो ।

सन २०२२ को अक्टुवर महिनाबाट सुरु भएर २०२३ को जुलाईसम्म ६१ वटा क्यामरा ट्रयाप गरेर हिम चितुवा पत्ता लगाउने कार्य भएको होे । अनुसन्धान गर्ने क्रममा सम्वन्धि क्षेत्रमा हिम चितुवाको आहार, वास र बिमारको पनि अध्ययन गरिएको थियो । हिम चितुवा दुई हजार आठ सय मिटर उचाईमा रहने भएपनि हाल नाम्खा गाउँपालिकामा गरिएको अध्ययन भने तीन हजार माथिको मात्र रहेको छ ।

सर्भे गर्ने कार्य हिडेर जानु पर्ने र क्यामरा पनि राख्नु पर्ने भएको कारण निक्कै जोखिम र खर्चिलो किसिमले काम गर्नु परेको उहाँले बताउनुभयो । यसका लागि डिभिजन बन कार्यालय हुम्लाले समन्वय गरेको थियो ।

अब परियोजनाले  दाेस्राे  चरणमा चुवाखोला र तेस्रो चरणमा रानी सैनाको पनि गर्ने छ । अनुसन्धान कार्य पुरा भएपछि हुम्लामा हिम चितुवाको बास्तविक सङ्ख्या पत्ता लाग्नेछ । यसअघि पैदल यात्रुहरुले देखेको भरमा हुम्लामा हिम चितुवा भएको भन्ने गरिएको भएपनि अब भने अनुसन्धान बाट कति छ भन्ने सङ्ख्या पत्ता लाग्ने क्रम सुरु भएको छ ।