सि.टा. समाचारदाता
सिमकोट । हाल हुम्लाका शिक्षकहरुले काठमाडौंमा शिक्षक महासंघले जारी राखेको आन्दोल गर्दै आएकोमा त्यसको सर्मथन हुम्लाका जनप्रतिनिधि र सरोकारवाला पक्षले गरेका छन् । बुधबार शिक्षक महासंघको आन्दोलनलाई सर्मथन गर्दै आयोजना गरिएको आन्दोलनको सार्थकता बारे जानकारी गराउने सम्वन्धि सरोकारवालासंगको बहस कार्यक्रममा यस्तो प्रतिबद्धता आएको थियो ।
बहसमा भाग लिदै खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले शिक्षकको शैक्षिक हडताल प्रति आफ्नो गाउँपालिकाका पुर्ण सर्मथन रहेको बताए । शिक्षकले राज्यसंग ऐन कानून माग गर्नु कुनै अपराध नभएको बताउदै तयार भएको ऐनलाई संसदमा पारित गर्न सरकारले ढिलाई गरेको प्रति आश्चनर्य ब्यक्त् गरे । सुविधा बृद्धिको माग शिक्षकले नगरेको बताउदै तत्काल शिक्षकका माग पुरा गर्ने तर्फ सरकार लाग्नु पर्ने उनले बताए ।
उनले शिक्षकलाई माग पुरा नहुँदासम्म आन्दोलन जारी राख्न र विद्यालयमा पठनपाठनको बाताबरण निर्माणका लागि पनि ध्यान दिन उनले आग्रह गरे । शिक्षकहरुले वार्तामा जान समेत उनले सुझाव दिए । यता सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले आफु समेत ऐन कानूनका लागि सरकारसंग लडी रहेको कारण शिक्षक आन्दोलन प्रति पनि आफ्नो सहयोग सर्मथन रहेको बताए ।
अव शिक्षकको आन्दोलन उचित रुप्मा सम्बोधन गरेर शैक्षिक हडताल तोड्ने कार्यमा सरकार लाग्नु पर्ने उनले बताए । कार्यक्रम बालमन्दिर माविको शिक्षक अभिभावक संघका अध्यक्ष टेकबहादुर रोकायाले शिक्षकका माग पुरा नभएर आफु पनि सरकार बिरुद्ध आन्दोलनमा आउने बताए । यत्रो दिन बिधार्थीहरुको पढाई अबरुद्ध हुँदा पनि सरकार नसुने झै वसेकोमा उनले आश्चार्य ब्यक्त गरे ।
सिमकोट गाउँपालिका शिक्षा शाखाका प्रमुख कृष्ण आचार्यले अहिलेको शैक्षिक आन्दोलनलई बैज्ञानिक र न्याय संगत किसिमले सम्बोधन गर्नु पर्ने बताउदै शिक्षक महासंघ पनि बार्ताबाट भाग्न नहुने बताए । कार्यक्रम मानसरोव नमूना माविको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोविन्द रोकायाले शिक्षकका माग पुरा गरेर आन्दोलनको अन्त्य गरिनु पर्ने बताए ।
बहसमा शिक्षक संघका पुर्व अध्यक्ष कैलाश रोकाया, एकिकृत राष्ट्रिय शिक्षक संगठनको कर्णाली प्रदेश सदस्य राजन रावत, राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष सिंहबहादुर जेठारा लगाएतले आफ्नो भनाई राखेका थिए । हाल जिल्लामा चली रहेको आन्दोलन संयेजन समितिका संयोजक मेजबहादुर बुढाको अध्यक्षतामा कार्यक्रम सञ्चालन भएको थियो भने यसअघि आन्दोलन संयोज समितिका उपसंयोजक मधु बस्नेत शााहीले आन्दोलनको औचित्य पुष्टि गरेकी थिईन ।























