योजना कार्यान्वयनका लागि बिबाद समाधान समिति गठन हुने

फोटो क्याप्सन सुनुवाई कार्यक्रमका सहभागीहरु । तस्बिर ः सि.टा.

लोग भण्डारी
सिमकोट । खार्पु सिमकोट मानसरोवर प्रवेशद्धार नमूना एकिकृत पुर्वाधार बिकास कार्यक्रम कार्यान्वयनका लगि बिब समाधान उपसमिति गठन हुने भएको छ । सिमकोट गाउँपालिका– ५ र ६ मा सञ्चालन हुने यो कार्यक्रम ब्यक्तिगत जग्गामा सडक संरचना निर्माण हुने भएको कारण बिबाद आए त्यसलाई समाधान गर्न समिति गठन गर्न लागिएको हो ।

उक्त कार्यक्रम कार्यान्वयन चरणमा रहेको र र त्यसमा बिशेष गरि सिमकोट गाउँपालिका– ५ र ६ मा आन्तरिक सडक निर्माण र रिङरोड निर्माणका क्रममा बिबाद आउने देखिएपछि त्यसलाई समाधान गर्न समिति गठन लागिएको पुर्वाधार बिकास कार्यालयका प्रमुख नरेशराज जैसीले बताए ।

शुक्रबार उक्त कार्यक्रमको हालसम्मको अवस्थाको सार्वजनिक सुनुवाई गर्न वसेको बैठकले सो निर्णय गरेको हो । यो कार्यक्रम अन्र्तगत बिशेषगरि काली चोक लादेवाडा सडक, बिजय होटेल मानसरोवर मावि हुँदै शिबमन्दिर सडक, काठेचुली मेलगुडी ओखलढुङ्गा हुँदै काला ढुङ्गा सडक निर्माण, महिला छात्रावास हुदै धुपी रुख खेल मैदान सडक निर्माण र अन्य दुई मिटरका आन्तरिक सडक निर्माण कार्य यसै आथिएक वर्षबाट सुरु हुँदैछ । यी सडक निर्माण गर्दा स्थानीयको जग्गा पर्ने भएको कारण विवाद आउने र त्यसलाई सहजिकरण गर्नका लागि स्थानीय बुद्धिजिवी सहभागी बिवाद समाधान समिति गठन गर्न लागिएको हो ।

त्यसैगरि यो कार्यक्रम अन्र्तगत पुराना सडकको ढलान र नया सडक निर्माण कार्य पनि हुनेछ । त्यसैगरि बालमन्दिर मावि भवन, बाँडपाल माडु निर्माण, खार्पुनाथमा संग्राहलयको पनि निर्माण गरिनेछ । यसका लागि कर्णाली प्रदृेश सरकार र संघीय सरकारको सहलगानीमा ८४ करोड बजेट बिनियोजित भएको थियो । पुर्वाधार कार्यालयले टेण्डर आव्हान गर्दा पचास करोडमा झरेको फर्मको टेण्डर स्वीकृत भएको छ । गतवर्ष अठार करोड बजेट बिनियोजित भएकोमा त्यो पनि फ्रिज गएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्मा, कार्यक्रममा सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, उपाध्यक्ष शुशिल रोकाया, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, उपाध्यक्ष ज्ञानबहादुर सिंह लगाएतको उपस्थिती रहेको थियो ।