सि.टा. समाचारदाता
सिमकोट । सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ६४ करोड ९५ लाख भन्दा बढी वजेट ल्याएको छ । बुधबार गाउँपालिकाले आयोजना गरेको तेहौं गाउँसभामा सो वजेट प्रस्तुत गरिएको हो ।
आगामी आवका लागि ६४ करोड ९५ लाख २८ हजारको वजेट ल्याउने कार्य भएको गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले जानकारी दिए । उनका अनुसार कुल वजेटमा २६ करोड ९२ लाख ९६ हजार रुपियाँ विनियोजित गरेर पुँजीगततर्फ ४१ दशमलव ६ प्रतिशत बजेटको ब्यवस्था गरिएको छ भने चालु तर्फ २८ करोड दुई लाख ३२ हजार रुपियाँको वजेट विनियोजित गरेर कुल वजेटको ५८ दशमलव ४ प्रतिशत वजेट ब्यवस्था गरिएको छ ।
सिमकोट गाउँपालिकाले यो वजेटको ब्यवस्थापनका लागि मुख्य श्रोतका रुपमा संङ र प्रदेश सरकारबाट प्राप्त हुने बिभिन्न शिर्षकको वजेटलाई मानेको छ भने आन्तरिक श्रोत ७५ लाख जुटाउने लक्ष्य राखेको छ ।
गतवर्ष भन्द वजेट अंश केही बृद्धि भएको छ । गतवर्ष ६२ करोड रहेकोमा यो वर्ष त्यो वजेट आएको छ । प्रस्तुत वजेटले टुक्रे योजनाले पनि प्राथमिकता पाएको देखिन्छ । सभामा गाउँपालिकाकी उपाध्यक्ष शुशिला भाम रोकायाले सो वजेट प्रस्तुत गरेकी थिईन ।
सभाको अध्यक्षता गाउँपालिकाका अध्यक्ष भण्डारीले गरेका छन भने विेशेष अतिथिका रुपमा जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्माको उपस्थिती रहेको छ । सभामा वडा अध्यक्ष, कार्यपालिकाका सदस्य, वडा सदस्य र कर्मचारीको सहभागिता रहेको छ । वजेट आजै सभावाट पारित गरिनेछ ।

















