सि.टा. समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका– ७ को पाम्लाथुङमा वोलेरो जीप दुर्घटना हुँदा चालक सहित चार जना घाईते हुनु भएको छ । बुधबार बिहान पाम्लाथुङबाट हिल्सातर्फ जाने क्रममा जीप दुर्घटना हुँदा उहाँहरु घाईते हुनु भएको हो ।
जीप दुर्घटनमा पनि सुर्खेत जिल्ला वहराताल गाउँपालिका– ७ निवासी चालक वर्ष २८ का रमेश सिजापति, सिमकोट गाउँपालिका– ७ निवासी वर्ष २८ का गंगबहादुर शाही, सोही वडाको वर्ष ५५ की गगीसरा शाही र सोही वडा निवासी वर्ष ४० का गोकुल शाही घाईते हुनु भएको प्रहरी निरीक्षक जंगबहादुर सिंहले बताए ।
हिल्सातर्फ जाने क्रममा जीपको व्रेक फेल भएर दुर्घटना भएको हो । घाईते चारै जनाको जिल्ला अस्पतालमा उद्धार कार्य गरिएको र प्राथमिक उपचार समेत सुरु गरिएको छ । यात्रुहरु तीन जना चीनको ताक्लाकोट जानका लागि हिल्सातर्फ लागेका हुन ।





















