
सि.टा. समाचारदाता
सिमकोट । आठौ जिल्ला सभाद्धारा गाउँपालिकाहरु सम्मानीत भएका छन । आर्थिक वर्ष ०८०।०८१ मा स्थनीय तह बित्तीय सुशासन जोखिम मुल्याङ्कन ( एफआरए ) र स्थानीय तहको सस्थागत क्षेमता स्वमुल्याङ्कन ( लिजा ) मा उकृष्ट अङ्क ल्याउने गाउँँँँपालिकालाई सम्मान गरिएको हो ।
एफआरए र लिजामा राम्रो अङ्क ल्याएर उत्कृष्ट तीन स्थान प्राप्त गर्न सफल छ वटा गाउपालिकालाई आठौ जिल्ला सभाले कदरपत्र प्रदान गरेर सम्मान गर्ने कार्य गरेको जिल्ला समन्वय समितिका प्रमुख शिबराज शर्माले बताए । ती गाउँँपालिकालाई प्रोसाहन गर्नका लगि कदरपत्र प्रदान गरिएको हो ।
एफआरएतर्फ पहिलो हुन सफल सिमकोट गाउँपालिका, दोस्रो हुन सफल चङ्खेली गाउँँपालिका र तेस्रो हुन सफल नाम्खा गाउँपालिकालाई कदरपत्र प्रदान गरिएको थियो । त्यसैगरि लिजातर्फ पनि पहिलो हुन सफल सिमकोट गाउँ, दोस्रो हुन सफल खार्पुनाथ गाउँँपालिका र तेस्रो हुन सफल ताँजाकोट गाउँपालिकालाई पनि कदरपत्र प्रदान गरिएको थियो । उक्त कदरपत्र कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदान गरेका थिए ।
उनले अगामी दिनमा सवै गाउँपालिकाले उत्कृष्ट नतिजा ल्याउने गरि काम गर्न पनि आग्रह गरे । उनले दुर्गमका स्थानीय तह भएर पनि जिल्ला मात्र नभएर प्रदेश र देशभरबाट पनि उत्कृष्ट ठहरिने गरि काम गर्न सुझाव दिए ।























