सि.टा. समाचारदाता
सिमकोट । दुई जनाको ज्यान जानेगरि एक्स्काभेटर दुर्घटनाका अर्का चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिग्रीएको एक्स्काभेटर चलाएर पल्टाएको आशंकामा प्रहरीले घटना भएको एक दिन पछि ती चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो ।
दुर्घटना भएको एक्स्काभेटर चालक अर्जुन कामीलाई प्रहरी नियन्त्रण लिएर अनुसन्धान गरि रहेको प्रहरी नायव उपरिक्षक शंकर पोखरेलले बताए । सडकमा बिग्रीएर रहेको अवस्थामा एक्स्काभेटर चलाएर पल्टाएको हुन सक्ने भन्दै चालक कामीलाई नियन्त्रणमा लिईएको र अनुसन्धान सुरु भएको उहाँले बताउनुभयो । एक्स्काभेटर पल्टिदा चालक सहित दुई जनाको मृत्यु भएको छ ।
दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिका–२ को लोतीको सडकबाट एक सय मिटर तल खस्दा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको थियो । चैनवाल एक्स्काभेटर दुर्घटनामा परि मृत्यु हुनेमा चङ्खेली गाउँपालिका– २ का ३१ वर्षका चालक अर्जुन कामी र अर्का एक जना वर्ष ४५ मा परवल कामीको मृत्यु भएको थियो ।
प्रदेश नम्बर २–०३–००१ क ०९७५ को एक्स्काभेटर सडकबाट पल्टिएको थियोे । गम्भीर घाइते अवस्थामा दुवै जनालाई श्रीमष्टा स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको र उपचार कै क्रममा मृत्यु भएको थियोे ।
अहिलेसम्म दुवै शव स्वास्थ्य चौकीको प्रसुती गृह पिप्लाङमा राखिएको र चिकीत्सक पनि शव भएको स्थानमा पुगी सकेको कारण लाशको पोस्ट मार्टम सुरु हुने छ ।























