हुम्लाका शिक्षक चौध दिनदेखि आन्दोलीत

फोटो क्याप्सन आन्दोलनरत शिक्षकहरु सिमकोट बजारमा र्याली निकाल्दै । तस्बिर ः सि.टा.

सि.टा समाचारदाता
सिमकोट । काठमाडौं केन्द्रीत नेपाल शिक्षक महासंघको आन्दोलनलाई सर्मथन गदै हुम्लाका शिक्षकहरुले चौध दिनदेखि आन्दोलन जारी राख्दै आएका छन ।

जिल्लामा शिक्षकले आन्दोलन गर्दा जिल्लाभर पठनपाठन ठप्प भएको छ भने यसबाट बीस हजार भन्दा बढी बिधार्थीहरु प्रभावित भएका छन । चौध दिन देखि हुम्ला जिल्लाभरका शिक्षकहरुले आन्दोलन गर्दा पनि सरकारले शिक्षकका माग पुरा गर्ने कुनै छाँट नदेखाएको भन्दै हुम्लाका शिक्षकले आफ्नो आन्दोलन जारी राख्दै आएका छन् ।

मंगलवार सिमकोट बजारको लोकतन्त्र चोकबाट शिक्षकहरुले र्याली निकालेर सिमकोट बजारको परिक्रमा गर्दै आन्दोलन गरेका थिए । र्याली पछि शिक्षा बिकास तथा समन्वय एकाईमा पुगेर धर्नाका परिणत भएको थियो । यो आन्दोलन काठमाडौं केन्द्य्रीत भएपनि हुम्लाका शिक्षकहरुले जिल्लामा पनि जारी राख्दै आएका हुन ।

चैत २० गतेबाट हुम्लाका शिक्षकहरुले लगातार आन्दोलन गर्दै आएका हुन । सडक मार्ग चैत २५ गतेबाट बन्द भएको छ भने हवाई मार्ग नियमित नभएको कारण काठमाडौं जान नपाएको कारण जिल्लामा शिक्षकले आन्दोलन गरेर समर्थन गरि रहेका छन् ।

जिल्लामा महासंघ गठन नभएको कारण महासंघका आवद्ध संघ संगठनले हडतालको नेतृत्व लिनका लागि संघ संगठनहरुलाई जिम्मेवारी तोकिएको छ ।