नेपाली काँग्रेसका शुभेक्छुकहरुले नव बर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

सि.टा. समाचारदाता
सिमकोट । नव बर्ष २०८२ सालको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना हुने भएको छ । नेपाली काँग्रेसका शुभेक्छुक संस्थाहरुको आयोजनामा उक्त शुभकामना आदान प्रदान कार्यक्रम गर्न लागिएको हो ।

नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिका सदस्य एवं कर्णाली प्रदेशका पुर्व मुख्उमन्त्री जीवनबहादुर शाहीको प्रमुख आथित्यमा उक्त कार्यक्रम आयोजना गर्न लागिएको आयोजक नेपाल कर्मचारी यनियनका अध्यक्ष बिशाल बोहराले बताए ।

प्राविधिक कारणबस दुई दिन ढिलो गरि नेपाली काँग्रेसका शुभेक्छुक संस्थाहरु मिलेर नब वर्ष को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रम बैशाख ३ गते दिउसो तीन वजे बि.पी. स्मृति भवनमा आयोजना गरिनेछ । कार्यक्रमको आयोजना कर्मचराी युनियन र नेपाल ट्रेड युनियन काँग्रेसले आयोजना गर्न लागेको हो । कार्यक्रममा नेपाली काँग्रेसका नेता, कार्यकर्ता, भातृ संस्थाका प्रमुख र सबै शुभेक्छुकका पदाधिकारी एवं सदस्यहरुले आमन्त्रण गरिएको छ ।