सि.टा.समाचारदाता
सिमकोट । यस वर्षको बर्खा लाग्नु अगाडी नै कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने सलीसल्लादेखि सिमकोटसम्मका धुलाम्मे सडकहरुको मर्मत गरिने भएको छ । बर्खा नलाग्दै ती धुलाम्मे सडकमा यातायातका साधन सञ्चालनमा समस्या आएको भन्दै जिल्ला बिपद ब्यवस्था समितिको बैठकले हिल्सा सिमकोट सडक योजनालाई असार मसान्तसम्म मर्मत गर्न आग्रह गरेको हो ।
जिल्ला बिपद ब्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार हिल्सा सिमकोट सडक योजनाले कर्णाली करिडोरको सलीसल्लाबाट सिमकोटसम्मको धुलाम्मे सडकको मर्मत कार्य बर्खा लाग्नु भन्दा अगाडी नै मर्मत कार्य गरिनेछ । सर्केगार्ड गाउँपालिका– ६ को दुल्ली कुनादेखि स्याल्तडी हुँदै खडीखेतसम्मको सडक धुलम्मे भएको र त्यसलाई मर्मत कार्य हुने हुनेछ ।
ती स्थानको सडकमा बुलैधुलो भएको कारण यातायातका साधनहरु फस्ने, सञ्चालनमा समस्या हुने गरेको छ । हिल्सा सिमकोट सडक योजनाले बिपद ब्यवस्थापन समितिबट निर्णय भएको कारण अब ती सडकलाई मर्मत गर्न सहज भएको जनाएको छ । ती धुलाम्मे सडकको माटो पन्छाउने र त्यसमा ढुङ्गा बिछ्याउने कार्य गरिने बताउदै उनले यो काम आगामी असारभित्र गरिने छ ।
उक्त क्षेत्रको आठ सयम मिटर सडक निक्कै धुलम्मे रहेको छ । हाल दैनिक रुपमा यातायातका साधनहरु फस्ने गर्दै आएका छन् । अर्को बिशेष गरि सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्ड खोलामा निर्माण गरिएको काठेपुल जिर्ण अवस्थामा पुगेको कारण यातायातका साधन सञ्चालनमा समस्या भएकोले त्यसलाई पनि मर्मत गरिनेछ ।












