सि.टा.समाचारदाता
सिमकोट । यस वर्ष जिल्ला प्रशासन कार्यालय हुम्लाले वर्षभरिका सार्वजनिक विदाका दिनमा पनि तीन प्रकारका सेवाहरु सेवाग्राहीलाई प्रदान गर्ने भएको छ । गृह मन्त्रालयको निर्देशन बमोजिम २०८३ सालको बैशाख १ गतेदेखि चैत मसान्तसम्म पर्ने सार्वजनिक बिदाको दिनमा पनि ती सेवा प्रबाह गर्न लागिको हो ।
यसवर्ष सार्वजनिक विदाको दिनमा पनि कार्यालयले तीन किसिमका सेवाहरुमा नेपाली नागरिकता सम्वनिध सेवाहरु, राहदानी सम्वन्धि सेवाहरु र राष्ट्रिय परिचयपत्र सम्वन्धि सेवाहरु प्रदान गर्ने ब्यवस्था गरिएको छ । सेवाग्रहीलाई सहजताका लागि यसरी सार्वजनिक विदाको दिनमा पनि ती सेवाहरु प्रदान गर्न सुरु गरिएको उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक विदाको दिनमा पनि सेवा प्रदान गर्न लागेको विदाका दिहरुमा र्बैशाख १८ गते शुक्रबार उभौली पुर्णिमा, जेठ १५ गते शुक्रबार गणतन्त्र दिवस, भदौ १२ गते शुक्रबार रक्षाबन्धन, भदौ १९ गते कृष्ण जन्मअष्टमी, जसोज २५ गते आईतबार घटस्थापना, पुस ९ गते बिहीबार धान्यपुर्णिमा, पुस १० गते शुक्रबार क्रिसमस डेको विदाको दिनमा सेवाप्रवाह गरिनेछ ।
त्यसैगरि सेवाप्रवाह गर्ने अन्य सार्वजनिक विदाका दिनहरुमा पुस १५ गते बुधार तमुलोसार, पुस २७ गते सोमवार पृथ्वी जयन्ती, माघ १ गते शुक्रबार माघी पर्व, माघ २४ गते आईतबार सोनाम ल्होसार, फागुन ७ गते शुक्रबार प्रजातन्त्र दिवस, फगुन २४ गते सोमवार अन्तराष्ट्रि महिला दिवस, फागुन २५ गते मंङ्लवार ग्याल्वो ल्होसार रहेका छन । त्यसैगरि ईद उल फिव र वकर ईद परेको दिनपनि सेवाप्रवाह हुने भएको छ ।
यो जानकारी प्रशासन कार्यालयले निमित्त प्रमुख जिल्ला अधिकारी राजेन्द्य्र चन्दको हस्ताक्षर रहेको सार्वजनिक रुपमा सुचना निकालेर सार्वजनिक गरेको र त्यसै अनुसार सेवा लिनका लागि सेवाग्राहीलाई प्रशासन कार्यालयले आग्रह गरेको छ।






















