राससकर्मी दाने बोहोरालाई पितृशोक

सि.टा.समाचारदाता

सिमकोट ।     हुम्ला जिल्ला सिमकाेट गाउँपालिका–२ निवासी प्रेस चौतारी हुम्लाका अध्यक्ष, राससकर्मी तथा हिमालय टेलिभिजनका संवाददाता दाने बोहोरालाई पितृशोक परेको छ।
उनका पुजनीय पिता कर्णवीर बोहोरा, जो लामो समयदेखि दम रोगबाट पीडित हुनुहुन्थ्यो, उहाँको मिति २०८३ वैशाख ३ गते आफ्नै निवासमा निधन भएको हो।

स्वर्गीय कर्णवीर बोहोराप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। यस दुःखद घडीमा बोहोरा परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ।