बर्षासँगैको गएको भलले अदानचुली गाउँपालिकामा क्षेती

फोटो क्याप्सन श्रीनगरको खेती लगाएको जग्गामा गएको पानीको भल । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । बिहीबार बिहान परेको अलिरल बर्षाका कारण हुम्लाको अदानचुली गाउँपालिका स्थित श्रीनगर र मुगुको सोरु गाउँपालिका–३ भिई स्थित बैन्यामा अत्याधिक क्षेती पुर्याएको छ ।

बिहान परेको मुसलधारे पानीका कारण श्रीनगर बजार क्षेत्रमा ब्याबसाय गर्दै आएका ब्याबसायीका अस्थायी टहरा सहित पसलमा राखिएका सामानमा क्षती पुगाएको प्रहरी नायव उपरिक्षक शंकर पोखरेलले बताए । वर्षाको कारण अन्नवाली लगाएको जग्गा समेत बगाएको उहाँले बताउनुभयो ।

बार्षसँगै बाढी सहितको लेदोको कारण अदानचुली –२ का अमृत बुढा, अदानचुली– १ का बुद्धि महतारा लगायतका अन्य ब्याबसायीका पसल सहित सामाग्रीमा क्षती पुगाएको छ । बजार क्षेत्रमा रहेका घर तथा टहरा भित्र पानी पसेको क्षेती पुर्याएको उहाँले बताउनुभयो ।

यता छिमेकी मुगु जिल्लाको बैन्यामा आएको बाढी सहितको लेदोका कारण कर्णाली नदीलाई अबरुद्ध बनाएको छ । सोही बाढीका कारण बैन्याको खेती योग्य सहित बाँझो जमिन चिरा चिरा बनाएको छ भने अदानचुली –२ को गल्फाडको डोप्का जिउलालाई कर्णालीले असर पारेको छ ।

सोरुबाट भिई आउने सडक पुर्ण रुपमा अबरुद्ध भएको छ भने यता श्रीनगर आउ जाउ गर्ने सडक समेत बन्द भएको छ । श्रीनगर कै आईते बुढा गोठमा राखिका भेडा समेत भलमा पुरिएका छन । क्षेतीको पुरा बिबरण आउन बाँकी रहेको छ ।