सि.टा. समाचारदाता
सिमकोट । अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा बुधबार बिहान वर्षासंगै आएको लेदे सहितको भेल पसलमा छिर्दा ब्यवसायीका खाद्यान्न भिजेको छ । मुसलधारे वर्षासंगै वडा नम्बर २ र ३ मा भेल पसलहरुमा छिरेको कारण खाद्यान्न भिजेको हो ।
२५ केजीमा एक सय बोरा चालम भलमा भिजेर क्षेती पुगेको जानकारी आएको प्रहरी नायव उपरिक्षक शंकर पोखरेलले बताए । लेदोमा भिजेको चामलका बोरा निकाल्ने कार्य प्रहरी र स्थानीय मिलेर गरेको बताउदै उनले क्षेतीको बिबरण थपिदै गएको बताए । यसअघि २७ बाख्रा मरेका थिए । बाली लगाएको जग्गा बगाएको थियो । बिहान पन्द्र मिनेट मात्र मुसलधारे वर्षा भएको थियो ।
























