श्रीनगर बर्षाको बितण्डा सुर्योदय माविमा डेढ करोडको क्षेती

सि.टा.समाचारदाता
सिमकोट । बिहीबार बिहानको वर्षाको बितण्डाको कारण अदानुली गाउँपालिका– २ को सुर्योदय माविले डेढ करोडको क्षेती ब्यहोर्नु परेको छ । वर्षासंगै बगेर आएको लेदो सहितको बाढीले विद्यालयका भवन र र अन्य संरचनामा क्षेती पुर्याएपछि त्यति धेरै क्षेती विद्यालयले ब्यहोर्नु परेको हो ।

छोटो समय तर मुसलधारे वर्षाको कारण विद्यालयले डेढ करोडको क्षेती ब्यहार्नु परेको विद्यालयका प्रधानाध्यापक टंकध्वज खत्रीले बताए । वर्षाको पानीसंगै आएको लेदोको भेल विद्यालय क्षेत्रमा पस्दा दुई वटा भवन बगाएको र दुईटालाई क्षेती पुर्याएको उनले बताए ।

क्षेती बिबरण सबै प्रहरीले मुचुल्का तयार पारि सकेको छ । त्यसैगरि बिज्ञान प्रयोग शाखा र विद्यालयको भण्डारण कक्षलाई पनि क्षेती पुगेको छ । अन्य कक्षाकोठा पनि बस्नका लागि योग्य रहेका छैनन् । अव विद्यालयाई पठनपिाठनका लागि समस्या हुने देखिएको छ । विद्यालय क्षेत्र र कक्षाकोठाहरु पुर्ण रुपमा हेलाम्मे भएका छन् ।