सि.टा. समाचारदाता
हुम्ला । बिहीबार बिहान अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगर र आसपासका क्षेत्रमा बर्षाले पुर्याएको क्षेती प्रति नेपाली काँग्रेस कर्णाली प्रदेश संसदीय दल दुखित भएको छ । संसदीय दलका नेता जीवनबहादुर शाहीले एक बिज्ञप्ती निकालेर सो घटनाले नेपाली काँग्रेसलाई दुखिद तुल्याएको उल्लेख गरिएको छ । बिज्ञप्तीमा घटनाबाट भएको क्षेती उल्लेख गरिएको छ ।

यसबाट अदानचुली गाउँपालिकाका बिभिन्न वडाहरुमा वर्षाले भएको क्षेतीप्रति गहिरो दुःख ब्यक्त गर्दै यस दुखद घडीमा सम्पुर्ण पिडितको साथमा रहने प्रतिबद्धता दलका नेता शाहीले उल्लेख गरेका छन ।
बिज्ञप्ती मार्फत उक्त घटनाका पिडितहरुलाई तत्काल उद्धार, राहात तथा पुनस्थपानाका काम गर्न प्रदेश सरकार र सम्वन्धित स्थानीय तहको ध्यानाकर्षण गराईएकाे छ । घटनामा पशुबस्तु मरेको बेपत्ता भएको र स्थानीयका धनमानको क्षेती भएको थियो ।
























