
लोग भण्डारी
सिमकोट । सत्र दिनदेखि आन्दोलनरत हुम्लाका सामुदायीक विद्यालयका शिक्षकहरुलाई नेपाल पत्रकार महासंघ हुम्ला शाखाले फ्रुटी खवाएको छ । गर्मीमा शिक्षकहरु आन्दोलनरत रहेको भन्दै महासंघ हुम्ला शाखाले जुसको रुपमा सो खुवाउने कार्य गरेको हो ।
शुक्रबार सदरमुकाम सिमकोटमा आन्दोलन गरि रहेका एक सय जना शिक्षकहरुलाई गर्मीमा सितल पार्नका र आर्फे सहयोग रहेको जनाउन जुसका रुपमा फ्रुटी खुवाउने कार्य भएको महासंघ हुम्ला शाखाको उपाध्यक्ष सुरेश परियारले बताए । उनले अन्य कुरा भन्दा पनि शिक्षकका जायज मागहरु सरकारले चाँडै समाधान गर्न र शिक्षक महासंघको आन्दोलनमा पत्रकार महासंघ हुम्ला शाखाको सर्मथन रहेको छ भन्नका लागि पनि यो सहयोग गर्ने कार्य गरिएको उनले बताए ।
एउटा पु्रmटी खुवाउने कार्य ठुलो नभएको तर शिक्षकका जायज माग चाँडै पुरा होस भनेर सरकारलाई दवाव दिन यस्तो गरिएको उनले बताए । महासंघको टिमले शिक्षक महासंघमा आबद्ध तीन वटै शिक्षक संघ संगठनका प्रतिनिधि र आन्दोलन समन्वय समितिका प्रतिनिधिको उपस्थितीमा उक्त सहयोग गरिएको हो ।
यसअघि लोकतन्त्र चोकबाट शिक्षकहरुले नारा सहितको र्याली निकालेर सिमकोट बजार परिक्रम गरेका थिए । गत चैत २० गतेबाट जिल्लामा पनि हुम्ला शिक्षकहरु आन्दोलनरत रहँदै आएका छन । आज आन्दोलन सुरु भएको सत्रौ दिन भएको छ । यसले गर्दा जिल्लामा पठनपाठन ठप्प रहेको अवस्था रहेको छ । देशभरका शिक्षकहरु काठमाडौं केन्द्रीत आन्दोलन गरि रहेको अवस्थामा हुम्लाका शिक्षकहरुले यातायात असुविधा र खर्चिलो भन्दै आफ्ना प्रतिनिधि काठमाडौं पठाएको र बाँकीले जिल्ला मै आन्दोलन गरि रहेका छन् ।
शिक्षकहरुको आन्दोलनलाई राजनीति दलहरुबाट पनि जिल्लास्तरमा सर्मर्थन आउने क्रम जारी रहेको छ । जस अनुसार बिहीबार नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक डा. दिपेन्द्र रोकाया र शुक्रबार नेपाली काँग्रेसका का.वा. सभापति कैलाश भण्डारी शिक्षकहरु धर्ना दिई रहेको स्थानमा पुगेर सर्मथन जनाएका छन् ।






















