अदानचुली गाउँपालिकामा आएको भलमा मर्ने बाख्राको संख्या ३२ बढ्दै

फोटो क्याप्सन भेडीगोठमा पसेको भलमा पुरिएर मरेका बाख्राहरु । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । अबिरल वर्षाको कारण आएको भल पस्दा अदानचुली गाउँपालिका–३ को गोठ भित्रै पुरिएर मर्ने बाख्रा को संख्या बढ्दै गएको छ । स्थानीय आइते बुढाको गोठभित्र रहेको ती बाख्रा भलमा पुरिएर मरेका र थप संख्या शुक्रबार पत्ता लागेको हो ।

अदानुचलीको छहराखेत गोरपालीमा रहेको भेडीगोठ भित्र लेदो सहितको भल पस्दा गोठ भत्किएको कारण बिहीबार २७ बाख्रा मरेका थिए । खोजीका क्रममा शुक्रबार थप पाँच वटा मरेका बाख्रा भेटिएकोको प्रहरीले जनाएको छ । अव मर्ने संख्या ३२ पुगेको छ । गोठ भित्र पहिरो खस्दा त्यहाँ रहेका ८१ मध्य २९ वटा गाउँलेको सहयोगमा जिवीत उद्धार गरिएको थियोे । अन्य बाँकी २५ बाख्राको खोजी कार्य भइरहेको रहेको थिया । पाँच वटा मरेका बाख्रा भेटिएपछि अब बीस वटा बाख्रा अझै बेपत्ता रहेका छन् ।

बिहान एक्कासी आएको वर्षाले उनको ठूलो क्षेती भएको थियो । विहान परेको मुसलधारे वर्षाले श्रीनगर बजारमा व्यवसाय गर्दै आएका व्यवसायीका अस्थायी टहराको पसलमा राखिएका सामानमा समेत क्षेती पुर्याएको थियो । अविरल वर्षा पछिको भलले अदानचुलीमा ११ पसल, एक घर र एक भेडी गोठमा क्षेती पुगेको थियो ।

अदानचुली गाउँपालिकाको केन्द्र श्रीनगरमा वर्षासंगै आएको लेदो सहितको भेल पसलमा छिर्दा ब्यवसायीका खाद्यान्न भिजेको छ । मुसलधारे वर्षासंगै वडा नम्बर २ र ३ मा भेल पसलहरुमा छिरेको कारण खाद्यान्न भिजेको हो । २५ केजीमा एक सय बोरा चालम भलमा भिजेर क्षेती पुगेको प्रहरीले जनाएको छ ।

लेदोमा भिजेको चामलका बोरा निकाल्ने कार्य प्रहरी र स्थानीय मिलेर गरेका छन । बाली लगाएको जग्गा बगाएको थियो । बिहान पन्द्र मिनेट मात्र मुसलधारे वर्षा भएको थियो । उक्त गाउँपालिकाको सुर्योदय मावि भवनका चार मध्य दुई वटा कोठा बगाएको थियो भने दुई वटालाई क्षेती पुर्याएको थियो ।