हुम्ला मै ठुलो घण्ट खार्पुनाथको शिब मन्दिरमा स्थापना

फोटो क्याप्सन जिल्ला मै धेरै तौल भएको घण्ट खार्पुनाथ शिवालयमा । तस्बिर ः सि.टा.

सिमकोट समाचारदाता
सिमकोट । जिल्लाभरका मठ मन्दिर तथा धार्मिक स्थल मध्य खार्पुनाथ गाउँपालिका– ५ को शिब मन्दिरमा सबै भन्दा बढी तौल भएको घण्ट चढाईएको छ । काठमाडौंमा निर्माण गरेर शिब मन्दिरमा उक्त घण्ट चढाउने कार्य गरिएको हो ।

जिल्लाभरका धार्मिक स्थलहरु मध्य खार्पुनाथ शिवालय क्षेत्रको शिब मन्दिरमा भरखरै चढाईएको घण्ट सवै भन्दा ठुलो भएको पुजारी शिब शर्मा उपाध्यायले बताए । जिल्लाभर धेरै मठ मन्दिर, माडुहरु भएकाे भए पहिलासम्म यति धेरै तौलको घण्ट चढाईएको थिएन । उनले बढीले वीस केजीसम्मका घण्टहरु चढाईएको बताए ।

उक्त घण्ट साँढे तीन क्वीन्टल तौल रहेको छ । शिवालय क्षेत्रमा घण्टा राखिएपछि मन्दिर प्राङ्गण क्षेत्रको शोभा नै फरक देखिन थालेको छ । यसबाट शिब मन्दिर दर्शन गर्न जाने भक्तजनहरुलाई घण्ट बजाउने कार्य समेत सुरु भएको छ । उक्त घण्ट कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले स्वच्छिक रुपमा चढाएका हुन ।

यसका लागि उनले लगानी गरेका हुन खार्पुनाथ पनि ठुलो तर प्रचारमा आउन नसकेको धार्मिक तथा एैतिहाँसिक स्थल भएको कारण नितान्त आफुलाई मनैबाट घण्ट चढाउने चाहाना भएर यस पटक उक्त् घण्ट मन्दिरमा चढाएको उनले बताए ।