हुम्लामा पालिका अधिबेशन गर्दै महिला संघ

सि.टा. समाचारदाता
सिमकोट । नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघ यतिबेला पालिका अधिबेशन धमाधम गरि रहेको छ । शनिबार ताँजाकोट गाउँपालिका कार्य समितिको अध्यक्षमा रुपसरा रिठाल चयन अधिबेशनले गरेको हो ।

शनिबार भएको संघको उक्त गाउँपालिकाको अधिबेशनले उनको नेतृत्वमा कार्य समिति चयन गरेको हो । पालिका अधिबेशनले रिठालको अध्यक्षतामा पच्चीस सदस्यी कार्य समिति गठन गरेको महिला संघ हुम्लाकि अध्यक्ष शुशिला शाहले बताईन ।

त्यसैगरि अधिबेशनले उपाध्यक्षद्धयमा धनी जैसी र नम्रता वैजीलाई चयन गरेको छ । सचिवमा भने उव्जनकली वुढालाई चयन गरिएको छ भने सहसचिवमा सर्मिला थापा र कोषाध्यक्षमा मानदेवी उपाध्यायलाई चयन गरिएको छ । अधिबेशनले १८ जना सदस्य चयन गरेको छ ।

यसअघि अधिबेशनको उद्घाटन सत्रमा नेपाली काँग्रेस हुम्लाकी कोषध्यक्ष बबिता शाही, महासमिति रिता लामा प्रदेश अधिबेशन प्रतिनिधि सवित बुढा, नेपाली काँग्रेस ताजाकोट गाउँपालिकाका सभापति कृष्णबहादुर मल्ल, ताँजाकोट गाउँपालिकाका उपाध्यक्ष सुरेन्द्र थापा महिला संघकी अध्यक्ष शाह, महिला संघकी नेतृ पबित्रा देवकोटा लगाएतले अधिबेशनको सफलता शुभकामना दिएका थिए । कार्यक्रम भने देवकोटाले सञ्चालन गरेकी थिईन । दुई दिन अगाडी चंखेली गाउँपालिकामा महिला संघले आफ्नो अधिबशन सम्पन्न गरेको थियो ।