लोग भण्डारी
हुम्ला । गाउँमा बिशेषज्ञ सेवा सहितको एकिकृत स्वास्थ्य सेवा शिबिर सञ्चालन भएपछि बिरामीलाई सेवा गाउमै प्राप्त भएको छ । चंखेली गाउँपालिकाले सहयोगीहरुको सहयोगमा सञ्चालन गरेको उक्त शिबिरबाट तेह्र सय भन्दा बढीले सेवा पाएका हुन ।
शिबिरबाट प्रत्यक्ष फाईदा लिएर स्वास्थ्य लाभ गर्नेहरु एक हजार ३३५ जना बिरामीहरु रहेको स्वास्थ्य शाखा प्रमुख सुरविर शाहीले बताए । बिशेषज्ञ चिकीत्सक सहितको शिबिर नभएको भए यी बिरामीहरु सबैले जुम्ला, सुर्खेत, नेपालगंज वा काठमाडौं धाउनु पर्ने बाध्यता रहेकोमा अहिले त्यो अवस्था नरहेको उनको भनाई छ ।
विशेषज्ञ चिकीत्सक सहितको निःशुल्क स्वास्थ्य शिविरमा एघार प्रकारका सेवा प्रदान गरिएको थियो । स्वास्थ्य चेकजाँच गरिएका बिरामी मध्य ३२ जनालाई जिल्ला बाहिर रेफर गरिएको उहाँले बताउनुभयो । शिबिरमा निशुल्क उपचार गरिएका सेवाहरुमा ओपिडी, स्त्री तथा प्रसुती, गर्भवती, परिवार नियोजना, अल्ट्रा साउण्ड, महिलाको आङ खस्ने, टिविका बिरामी, भिआईए, दाँत सम्वन्धि, इएनटी, ल्याव सम्वन्धि उपचार गरिएको थियो ।
यसका लागि विदेशी बिशेषज्ञ चिकीत्सकले समेत सेवा प्रदान गर्नु भएको थियो भने शिबिरका लागि सुन्दर ढोका नेपालको आर्थिक तथा प्राविधिक सहयोग रहेको थियो । शिबिरमा गाउँपालिकाका स्वास्थ्यकर्मीहरुले पनि सेवा प्रदान गरेको हो ।





















