यस्तो छ अदानचुली बाढीबाट भएको क्षेती

फोटो क्याप्सन अदानचुलीमा गएको बाढीले क्षेती पुर्याएको विद्यालय भवन । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । अदानचुली गाउपालिकामा गत बैशाख ४ गते परेको अबिरल वर्षाको कारण आएको बाढीले सात करोड भन्दा बढीकोे क्षेती भएको छ । उक्त बाढीले पशु चौपाया, घर टहरा, विद्यालय भवन, गाउपालिकाको कार्यालय र खेतमा लगाएको बालीमा क्षेती पुर्याएको थियो ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेका अनुसार अदनचुली गाउँपालिकाको केन्द्र श्रीनगर र आसपासका क्षेत्रमा बर्खा नलाग्दै अगाडी परेको अविरल वर्षाको कारण आएको बाढीले सात करोड चालीस लाखको क्षेती पुर्याएको छ । यो बिबरण लिन प्रहरीलाई पाँच दिन लागेको थियो ।

वडा नम्बर २ को घना बस्ती रहेको गाउँपालिका केन्द्रमा बाढी आउदा ४५ वटा घर टहरामा पुर्ण तथा आंसिक क्षेती पुर्याउदा एक करोडको क्षेती भएको छ भने नब्बे लाख मुल्यको पसल तथा मेडिकलको औषधीजन्य सामान नष्ट भएको बताउदै उनले बीस लाख मुल्य बराबरको होटेलहरुमा क्षेती पुगेको प्रहरी मुचुल्का आएको जानकारी दिए ।

त्यसैगरि २५ लाख मुल्यको श्रीनगर स्वास्थ्य चौकीको घरबार पुर्ण क्षेती भएको छ भने आठ कोठे शौचालय भवनलाई पनि क्षेती पुगेको छ । त्यसै बाढीले एक करोड मुल्यको सुर्योदय माविको दुई तले आठ कोठे दुई वटा भवनमा पनि पुर्ण क्षेती रुपमा बाढीले क्षेती पुर्याएको छ ।

पच्चीस लाख मुल्यको सोही विद्यालयको कार्यालय भवन र स्टोर कोठामा बाढी पसेर कोठा तथा सामान क्षेती भएको छ । गल्फागाडदेखि कालागाडसम्मको बीस किलो मिटर सडक भत्किदा चालीस लाखको क्षेती भएको प्रहरी मुचुल्का आएको छ ।

बाढीले बीस लाख मुल्यको थलहाल्नादेखि कल्खे हुँदै भिईघाटसम्मको सात किलो मिटर सडकलाई पनि क्षेती पुगेको छ । ३५ लाख मुल्यकोढकनी कुना, गोरपाली। छहराखेती, थपाली लगाएतका सात वटा सिंचाई कुला पनि बाढीले भत्काएको छ । पचास लाख मुल्यको पाँच सय क्वीन्टल अन्नवादी पनि बाढीले क्षेती पुर्याएको छ ।

वडा नम्बर १, २, ३ र ४ को चालीस लाख मुल्यको खानेपानी पाईपलाईन धारा तथा ट्याङ्कीमा पनि क्षेती पुग्दा चालीस लाखको क्षेती भएको छ । पन्द्र लामा मुल्यको थपाली कुलो र पानी घट्टमा पनि क्षेती पुगेको छ । ५२ वटा पशुबस्तु मर्दा दश लाखको क्षेती भएको छ , कपसाडी, गोरपाली हुँदै ढकनीकुना सडकमा पाँच लाखको क्षेती पुगेको छ ।

त्यसैगरि अदानचुली गाउँपालिकाको कार्यालयमा बाढी पस्दा एक करोड पचास लाख मुल्यको सामान तथा भवनलाई क्षेती पुगेको छ । क्षेती पुगेका संरचनाहरुको पुननिर्माण कार्य गर्न र प्रभावितलाई आवश्यक राहात उपलब्ध गराउन कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय समक्ष जिल्ला बिपद ब्यवस्था समितिले माग गरेको उनले बताए ।