
सि.टा. समाचारदाता
सिमकोट । ऋणीका नाममा गरिएको कर्जा बिमाको कारण मृतकका परिवारलाई आर्थिक रुपमा राहत मिलेको छ । आवधिक बिमाको कारण ऋणीको मृत्यु भएपछि परिवारका सदस्यले ऋण तिर्न नपर्ने भएको कारण आर्थिक रुपमा राहात मिल्ने गरेको हो ।
सिमकोट गाउँपालिका– ४ को बुराउसे गाउँका बित्तिय संस्थाका कर्जा सदस्य सामुतान लामाले श्रीमानको मृत्यु भएपछि परिवारका सदस्यहरुलाई चार लाख पाँच हजार रुपियाँ बिमा बापतको राहात रकम प्राप्त भएको बताए । उनले गत कार्तिक महिनामा निर्धन उत्थान लघुबित्त बित्तिय संस्थाबाट तीन लाख रुपिया कर्जा लिएका थिए ।
उनका श्रीमान सोनामतोप लामाको गत मङ्सीरमा निधन भएको थियो । कर्जा श्रीमतिले लिएको भएपनि श्रीमति र श्रीमान दुवैको आवधिक बिमा संस्थाले गरेको थियो । कर्जा सदस्यको जीवन सुरक्षाका लागि वित्तिय संस्थाले अनिवार्य आवधिक बिमा गर्ने गर्छ । लिएको कर्जा रकम खर्च भई सकेकोले तिर्न कठिन भएको बेला श्रीमानको आवधिक बिमा गरिएको कारण राहत मिलेको उनले बताए ।
उक्त लघुवित्त संस्थाका प्रबन्धक कुमार न्यौपनेले कर्जाा सदस्यको श्रीमानको मृत्यु भएपछि लिएको कर्जा फिर्ता गर्न नपर्ने गरि आवधिक बिमा गरिएको कारण त्यो रकम सबै सस्थाले बेहोरेकोे बताए । उनले लिएको कर्जा तीन लाख रहेको तर श्रीमानको मृत्यु पछि श्रीमति लामाले पाउने चार लाख पाँच हजार रहेकोमा कर्जा कटार बाँकी एक लाख एक सय रुपियाँ प्राप्त गरेको बताए ।
यो कार्य लघुबित्त संस्थाले सामाजिक उत्तरदायित्व अन्र्तगत गर्दै आएको हो । कर्जा लिएका सदस्यहरुको परिवारमा कुनै मृत्युबरणका घटना भए त्यसबाट आश्रीत सदस्यहरुलाई राहात पुर्याउने उद्धेश्यले यो कार्यक्रम लागू गरिएको उको भनाई छ । हालसम्म हुम्ला जिल्लामा निर्धन उत्थन लघुबित्त बित्तिय संस्थाले अठार जना मृत्यु भएका कर्जा सदस्यका आश्रीत परिवारलाई आवधिक बिमा गरेको कारण यो राहात उपलब्ध गराई सकेको छ ।
यसरी राहत पाउनेमा पचास हजारदेखि छ लाख रुपियाँसम्म मृतकका आश्रीत परिवारका सदस्यले पाउछन् । एक जना कर्जा सदस्यका श्रीमान पनि मृत्यु भएको खवर आएको तर भुक्तानीका लागि आवश्यक कागजात पाई नपुगेको उनले बताए । कर्जा समस्यहरुले पाँच हजार देखि सात लाख रुपियाँसम्म कर्जा लिएका यो आवधिक बिमा गर्ने गरिएको छ ।






















