हुम्लामा कविहरुले कविता वाचन गरेर मनाए लेखक दिवस

फोटो क्याप्सन आफ्नो कविताा बाचन गर्दै साहियकार छिरिङपुनर लामा । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । हुम्लामा पहिलो पटक खुला कविता बाचन कार्यक्रम आयोजना गरिएको छ । जिल्लामा भएका नव साहित्यीक प्रतिभाहरुका रचना सार्वजनिक गर्नका लागि जिल्लाका साहित्यकारहरु मिलेर यो कार्यक्रम आयोजनना गरिएको हो ।
नेपाली कवि सङ्घको आयोजनामा जिल्ला भित्र भएका साहित्यीक ब्यक्तिहरुमा भएको कलालाई प्रफुष्टन गराउनका लागि यो कार्यक्रम आयोजना गरिएकाो संङ्घका सदस्य राजबहादुर शाहीले बताए ।

राष्ट्रिय लेखक दिवसको अवसर पारी जिल्लामा पहिलो पटक यो साहित्यीक बाताबरण तयार पारिएको हो । जसमा १३ जन कविहरुले आफ्ना कविता बाचन गरेका थिए । धेरै नव कविहरुले पहिलो पटक कविता बाचन गरेर उल्लेख गर्नु भएको थियो । कविहरुले गद्य, पद्य र छन्दमा समेत कविता तयार पारेर बाचन गर्ने कार्य भएको थियो ।

बिशेष गरि साहित्यकार मधु बस्नेत शाही, शिवशर्मा पाौड्यल, कृष्ण प्रसाद आचार्य, कर्ण बहादुर रोकाया, टिकाराम पौडेल, जयवहादुर बम राजबहादुर शाही, कैलाश रोकाया, गुर्मु लामा, छिरिङ पुनर लामा , प्रेमबहादुर लामा लगाएतले म शिक्षक, शिक्षक आन्दोलन, मुटु दुखी रहेछ, कस्तो शिक्षक शिर्षकका कविता बाचन गरिएको थियो ।

गजल समेत बाचन गरिएको थियो । कार्यक्रममा जिल्ल समन्वय समितिका प्रमुख शिबराज शर्माले जिल्लामा थुप्रै कवि रहेकामा खुसी ब्यक्त गर्दै यसरी स्थान पाउने हो भने साहित्यको बिकासका टेवा पुग्ने बताए । यस्ता कार्यक्रमहरु बारम्बार सञ्चालन गरेर भएका श्रष्टहरुका रचनाहरु बाहिर ल्याउन सहयोग गर्नु पर्ने उनको भनाई रहेको थियो । कार्यक्रममा काग्रेस उपसभापति कैलश भण्डारि, एमाले उपध्यक्ष प्रकाश बहादुर शाही, नेकपा माओवादी केन्द्रका सचिव धर्मराज बोहराको उपस्थिती रहेको थियो ।