सि.टा. समाचारदाता
सिमकोट । १३६ औं अन्तराष्ट्रिय मजदुर दिवस हिमााली जिल्ला हुम्लामा पनि मनाईने भएको छ । नेपाल ट्रेड युनियन काँग्रेस हुम्ला शाखाको आयोजनामा उक्त दिवस बिहीबार मनाउन लागिएको हो ।
बिहीबर परेको १३६ औं अन्तराष्ट्रिय श्रमिक दिवस ( मे ) दिवस हुम्ला जिल्लामा पनि मनाउने तयारी गरिएको छ । जिल्ला अस्पतालमा भर्ना भएका बिरामीहरुलाई जुस तथा फलफुल बितरण गरेर दिवस मनाउने तयारी गरिएको हो ।
बिहीबार बिहान साढे आठ वजे सिमकोट बजारबाट ब्यानर सहित निस्केको र्यालीले अस्पतालमा पुगेर बिरामीलाई भेटेर फलफुल तथा जुस सहयोग गर्नेछ । मे दिवस नेपाल ट्रेड युनियन काँग्रेसको आयोजनामा मनाउन लागिएको हो ।























