महिला संघ सिमकोट गाउँपालिकाको अध्यक्षमा शही चयन

सि.टा. समाचारदाता
सिमकोट । नेपाल महिला संघ सिमकोट गाउपालिकाको अध्यक्षमा अम्बीका शाही चयन भएकी छन् । बुधबार भएको संघको पहिलो गाँउपालिका अधिबेशनबाट शाही अध्यक्षमा चयन भएकी हुन ।

गाउँपालिका अधिबेशनले अध्यक्ष्मा शाहीलाई सर्वसम्मत चयन गरेको छ भने उपाध्यक्षमा दिपा बोहरा, र हाँसु सुनार, सचिवमा विनकला शाही र कुसुम लामा, सहसचिवमा बाचकली कामी र कोषाध्यक्षमा शोभा रोकाया पनि सर्वसम्मत चयन गरेको छ ।

त्यसैगरि अधिबेशनले १९ जनालाई सदस्यमा चयन गरेको छ । अधिबेशनको बन्द सत्रबााट नया कार्य समिति चयन भएको हो
यसअघि अधिबेशनको उदघाटन सत्र भएको थियो ।

उदघाटन सत्रमा काँँग्रेस कोषाध्यक्ष बबिता शाही, महासमिति सदस्य रिता लामा, सिमकोट गाउपालिकाकी उपाध्यक्ष शुशिला रोकाया, नाम्खा गाउपालिकाका उपाध्यक्ष तकदिर लामा, शिक्षक महाासंघका उपमहासचिव कालीबहादुर शाही, प्रदेश अधिबेशन प्रतिनिधि सबिता लगाएतका बक्ताहरुले शुभकमना मन्तव्य दिएका थिए ।