सि.टा. समाचारदाता
सिमकोट । जिल्लाका सवै सामुदायीक विद्यालयमा शुक्रबारबाट पुरा दिन पठनपाठन सुचारु हुने भएको छ । सरकार र शिक्षक महासंघविच नौ बुँँदे सहमति भएपछि हुम्ला आन्दोलनरत शिक्षकहरुको बिहीबार वसेको बैठकले बन्द रहेको पठनपाठन कार्य सुरु गर्ने निर्णय गरेका हुन ।
सहमति भएपछि शुक्रबार दश वजेबाट चार वजेसम्म पठन पाठन सुरु हुने छ । बैठकले बैशाख २० गते शनिवार पनि पुरा दिन पठाउने निर्णय गरेको छ । त्यसैगरि आन्दोलनका कारण २३ दिन विद्यालयमा पठनपाठन रोकिएको कारण अव अन्य सार्वजनिक बिदामा पनि पढाई गर्ने, हिउदे बिदामा नौ दिनम पनि विद्यालय पठनपाठन गरिने भएको छ ।
यसबाट जिल्लाका १४१ वटा सामुदायी विद्यालयमा पठनपाठन सुचारु हुदा बीस हजार बिधार्थी प्रत्यक्ष रुपमा यसबाट लावान्भित हहुनेछन । आन्दोलन कै कारण पढाईमा पुगेको क्षेती जसरी पनि ब्यहोर्ने पक्षमा शिक्षकहरु रहेका छन् । सहमति गरेर पठनपाठनको बाताबरण तयार भएकोमा सरकार र आन्दोलनरत पक्षलाई बैठकले धन्यबाद पनि दिएको छ ।
त्यसैगरि आन्दोलनमा सहयोग र सर्मथन गर्ने सवै पक्षलाई पनि शिक्षकहरुको बैठकले धन्यबाद दिएको छ । बैठकमा आन्दोलनरत जिल्लाभरका शिक्षकहरुको सहभागिता रहेको थिये ।























