हुम्लाका सवै सामुदायीक विद्यालयमा पठनपाठन सुचारु

फोटो क्याप्सन आन्दोलन पछि पढाई सुचारु भएको बालमन्दिर माविको  कक्षा बिधार्थीहरु । तस्बिर ः सि.टा

सि.टा. समाचारदाता
सिमकेट । हिमाली जिल्ला हुम्लाका सवै सामुदायीक विद्यालयहरुमा पठनपाठन सुचारु भएको छ । शिक्षक महासंघको आन्दोलनका कारण शिक्षकहरु जिल्ला मै आन्दोलनरत रहँदा बन्द भएका विद्यालयहरु सरकार र शिक्षक महासंघबिच नौ बुँदे सहमति भएपछि हुम्लाका विद्यालयहरुमा पढाई सुरु भएको हो ।

सिमकोट गाउँपालिका–५ को बालमन्दिर माध्यामिक विद्यालयमा सुचारु भएको पहिलो दिन मै पचास प्रतिशत बिधार्थी विद्यालयमा उपस्थित भएर पढाईमा सहभागिता भएको प्रधानाध्यापक कैशाल रोकायाले बताए । बालमन्दिर माविमा ४३२ जना बिधार्थीहरु भर्ना भएका छन् । विद्यालय बन्द भएको कारण टाढाका बिधार्थी घर गएको र छोटो समयको जानकारीले विद्यालय सुचारु भएको कारण आधा बिधार्थीहरु मात्र पहिलो दिन उपस्थित भएको उनले बताए । अब नियमित रुपमा विद्यालयमा पढाई सुचारु हुने उनले बताए ।

शुक्रबारबाट जिल्लाका सात वटा गाउँपालिकका आधारभून र मावि गरि १४१ वटा सामुदायीक विद्यालयमा पठनपाठन सुचारु भएको शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख योगेश आलेमगरले बताए । विद्यालय सञलन भएपछि बीस हजार ३९० बिधार्थी प्रत्यक्ष रुपमा लावान्भित भएका छन् ।

जिल्लाका सवै सामुदायीक विद्यालयमा शुक्रबारबाट पठनपाठन सुचारु भएको नेपाल शिक्षक सङ्घका केन्द्रीय उपमहासचिव कालीबहादुर शाहीले बताए । सरकार र शिक्षक महासंघविच नौ बुँँदे सहमति भएपछि हुम्लामा आन्दोलनरत शिक्षकहरुको बिहीबार वसेको बैठकले बन्द रहेको पठनपाठन कार्य सुरु गर्ने निर्णय गरेको थियो । सहमति भएपछि शुक्रबार भएपनि दश वजेबाट चार वजेसम्म पठन पाठन सुरु भएको हो ।

बैठकले बैशाख २० गते शनिवार पनि पुरा दिन पठाउने निर्णय गरे अनुसार पठनपाठन हुनेछ । त्यसैगरि आन्दोलनका कारण २३ दिन विद्यालयमा पठनपाठन रोकिएको कारण अव अन्य १४ दिन सार्वजनिक तथा चाडपर्व बिदामा पनि पढाई गर्ने, हिउदे बिदामा नौ दिन थप विद्यालय पठनपाठन गरिने उहाँले बताउनुभयो । आन्दोलन कै कारण पढाईमा पुगेको क्षेती जसरी पनि ब्यहोर्ने पक्षमा शिक्षकहरु रहनु भएको छ ।

सहमति गरेर पठनपाठनको बाताबरण तयार भएकोमा सरकार र आन्दोलनरत पक्षलाई शिक्षकको बैठकले धन्यबाद पनि दिएको छ । आन्दोलनमा काठमाडौं गएका र जिल्लामा आन्दोलनम सहभागी शिक्षकको हाजिरी सम्वन्धि गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखामा पठाउने निर्णय गरिएको छ । गत चैत २० गतेबाट विद्यालयमा पठनपाठन बन्द भएको थियो ।