बिधार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग

फोटो क्याप्सन शैक्षिक सामाग्री पाएपछि बिधार्थीहरु विद्यालयमा । तस्बिर ः सि.टा.

सि.टा समाचारदाता
सिमकोट । सर्केगार्ड गाउँपालिका– ५ को भवानी आधारभुत विद्यालयका बिधार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । काठमाडौंको सुवी फाउण्डेसनले दश प्रकारका शैक्षिक सामाग्री सहयोग गरेको हो ।

दुर्गमका विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार बिधाथीहरुलाई शैक्षिक सामाग्री सहयोग गर्दै आएको फाउण्डेसनले यस पटक हुम्ला जिल्लाको भवानी आविका बिधार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेको यसका लगि समन्वय गरेकी शुशिला शाहले बताईन ।

उक्त विद्यालयले छनौट गरेका ८३ जना बिधार्थीहरुलाई शैक्षिक सामाग्री आईतबार एक कार्यक्रमको आयोजना गरि हातहातमा प्रदान गरिएको छ । बिधार्थी सहयो गरिएका शैक्षिक सामाग्रहरुमा कापी, ज्यामिती बक्स, क्याल्कुलेटर, ब्याटमेन्टनको रकेट, वर्णमाला, भलिवल, किलीम्वाट, अक्फोर्ड बुक, फोटोकपी पेपर लगाएत रहेका छन् ।

शैक्षिक सामाग्री पाउनेमा ४८ जना छात्रा र ३५ जना छात्र रहेका छन् । उनले फाउण्डेसनको सहयोग सानो भएपनि अर्थपूर्ण पहल भएको बताउदै यसले बिधार्थीहरुलाई पठनपाठनमा सहयोग पुग्ने बिस्वास ब्यक्त गरिन ।

विद्यालयका प्रधानाध्यापक रोलबहादुर शाहीले शैक्षिक सामाग्री सहयोगका लागि फाउण्डेसनलाई धन्यवाद दिदै यसले गरिब तथा जेहेन्दार बिधाार्थीका लागि उपयोगी भएको बताए । १७० जना बिधार्थीहरु उक्त विद्यालयम अध्यय गर्दै आउनु भएको छ ।