
सि.टा समाचारदाता
सिेमकोट । सार्वजनिक स्थलमा फोहोर फाल्ने कार्य रोक्नका लगि डस्विन उपहार दिईएको छ । जनचेतना जोगाउन भएको फोहोर सुरक्षित राख्नका लागि डस्विन उपहार दिईएको हो ।
नाम्खा गाउँँपालिकाको केन्द्र याल्वाङमा रहेका सार्वजनिक स्थल र ब्यक्तिहरुलाई डस्विन उपहार दिने कार्य गरिएको सवैका लागि दिगो खानेपानी तथा सरसफाई स्वच्छता आयोजनाका संयोजक दन्तबहादुर शाहीले बताए ।
सांकेतिक रुपमा सचेतना फैलाउन गाउँपालिकाले यो कार्य गरेको हो । स्थानीयले जथाभावी फोहोर फाल्नाले दुरगन्ध बढ्न थालेपछि त्यसबाट सुरक्षित रहन यो कार्य गरिएको हो । घर आगनमा भएको फोहोरलाई एक्कै स्थानमा जम्मा पारेर सुरक्षित राख्ने बानी बसाल्नका लागि स्थानीय प्रबिधिबाट निर्माण गरिएको डस्बिन प्रदान गरिएको छ ।
डस्विन याल्वाङ र आनी गुम्बा, दुई वटा विद्यालय, छात्रावास, गाउँपालिकाका सवै शाखा, होटेलहरुमा उपहार प्रदान गरिएको छ । पातलो काठबाट हलुका स्थानीय स्तरमै निर्माण गरेर डस्विन प्रदान गरिएको हो । यसका लागि आयोजनाले आर्थिक सहयोग गरेको हो ।






















