सिमकोट हिल्सा सडकमा पक्की पुल बन्ने क्रम बढ्दै

फोटो क्याप्सन ताग्रु खोलामा निर्माण कार्य पुरा भएको पक्की पुल । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सि.टा. । कर्णाली करिडोरको सिमकोट हिल्सा सडक खण्डमा पक्की पुल बन्ने क्रम बढेको छ । पछिल्लो सम्झौता भएको साँँढे सात वर्षापछि कर्णाली करिडोरको सिमकोट हिल्सा सडकको ताग्रु खोलामा पक्की पुलको निर्माण कार्य सम्पन्न भएपछि यस्तो भएको हो ।

निर्माण सामाग्री समय मै जुटाउन नसकेपछि जिम्मा पाएको निर्माण कम्पनीले पुल निर्माणका धेरै समय लगाएको हो । अब ताग्रु खोलामा नयाँ पक्की पुल निर्माण भएको छ । पुलको पश्चिमतर्फ सडक निर्माणमा विवाद भएको कारण निर्माण भएको पुल सञ्चालनमा आउन सकेको छैन । त्यस कारण हाल पनि काठे पुलमै यातायातका साधन गुडी रहेका छन ।

पुलको सवै काम सम्पन्न भएर अन्तिम भुक्तानीको लागि बीलहरु कार्यालयम पेश भएको तर भुक्तानी हुन भने बाँँकी रहेको छ । यो पुल निर्माणका लागि २०७४ साल साउन ६ गते योजनाले सपना धुलिखेल जेभीसंग सम्झौता गरेको थियो । पाँँच पटकसम्म म्याद थप गरेपछि पुलको निर्माण कार्य सम्पन्न भएको होे । कार्यालयको पटक पटकको ताकेता पछि पुल निर्माण कार्य भएको हो ।

पुल निर्माणका लागि दश करोड ५७ लाख ५९ हजार ३६८ रुपियाँ लागत लागेको छ । सुरुमा कोरोना, सडक नजोडिएको कारण निर्माण सामाग्री जुटााउनै कठिन भएको कारण पुल निर्माणम समय लागेको निर्माण कम्पनी पक्षले जनाएको छ । पुलको लम्बाई बीस मिटर रहेको छ ।

यो सहित सिमकोट सडकमा दुई वटा पक्की पुलको निर्माण कार्य सम्पन्न भएको छ । यसअघि सल्ली खोला पक्की पुल निर्माण कार्य भई सकेको थियो भने हिल्सा र तुम्कोट कर्णालीमा बेलिब्रीज निर्माण भई सकेका छन् । अव याङ्गार खोला र हेक्पा खोलामा पक्की पुलको निर्माण कार्य सम्पन्न हुन बाँँकी छ ।