स्काभेटरको बकेटमा चढेर कडा चट्टानमा होल खोप्दै कामदार

फोटो क्याप्सन याङ्चु कुनामा स्काभेटरको बकेटमा चढेर अग्लो चट्टानमा होल खोप्दै कामदार । तस्बिर ः सि.टा.

सि.टा.समाचारदाता
सिमकोट । कर्णाली करिडोरको याङ्चुकुनाको अग्लो कडा चट््टान बिष्फोट गर्नका लागि स्काभेटरको बकेटमा चढेर कामदारहरुले होल खोप्ने कार्य गर्दै आएका छन् । उक्त कडा चट्टान बिष्फोटका लागि होल खोप्ने अन्य बिकल्प नदेखिएपछि स्काभेटरको बकेटमा चढेर दैनिक दिन कामदारले होल खोप्दै आएका हुन ।

उक्त क्षेत्रमा गत चैत २५ गतेबाट सडक निर्माण कार्य गर्दै आउनु भएका कामदार प्रबल बुढाले अग्लो र कडा चट्टानलाई बिष्फोट गर्नका लागि होल खोप्ने अन्य उपाय नभएपछि स्काभेटरको बकेटमा दुई जना कामदार चढेर होल खोप्ने कार्य गर्दे आएको बताए । एक जनाले होल खोप्ने ड्रिल मेशिन समात्ने र अर्को एक जनाले ड्रिल मेशिन समातेको कामदारलाई समात्ने कार्य गर्नु परि रहेको उनको  भनाई छ ।

जसले गर्दा ड्रिल मेशिन समातेर होल खोप्ने कामदार लड्नबाट जोगाउन सजिलो हुने गरेको छ । यसरी बकेटमा बसेर दैनिक पचास भन्दा होल खोप्ने कार्य हुँदै आएको छ । पचास मिटर लामो चट्टामा पन्द्र मिटर माथि बकेटमा चढेर होल खोप्ने कार्य भई सकेको छ । बिहान होल खोप्ने र दिउसो बिष्फोट गर्ने कार्य दैनिक दिन भई रहेको छ ।

हाल बोक्चे गौडा याङ्चुकुना क्षेत्रको सडक निर्माणको कार्य हेर्दै आउनु भएका नेपाली सेना बिकास निर्माण दलका गुल्मपति अम्रित पराजुलीले स्काभेटरको बकेट भएको कारण अग्ला चट्टानमा होल खोप्ने कार्यमा सहजता भएको बताए । स्काभेटर जान नसक्ने भएको भए कामदारलाई डोरीले बाँँधेर ड्रिल मेशिनले होल खोप्नु पर्ने बाध्यता रहन्थ्यो ।

यसले गर्दा समय पनि बढी लाग्ने र जोखिम पनि बढी रहन्थ्यो । स्काभेटरको बकेटले गर्दा काम पनि छिटो र कामदार जोखिमबाट पनि सुरक्षित रहने गरेको छ । यसरी स्काभेटरको बकेटमा चढेर भिगौडा र बोक्चे गौडाको भीरमा पनि चट्टान बिष्फोट गर्नुपर्ने अवस्था रहेको छ ।

सेनाले बोक्चे गौडा याङ्चुकुनाको असजिलो, ग्रेड नमिलेको र कडा चट्टानी आाठ सय मिटर सडकको स्तरोनन्नती गर्ने कार्य सुरु गरि रहेको छ । सो काम आगामी असार मसान्तसम्म सम्पन्न गर्नु पर्ने जिम्मेवारी सेनालाई रहेको छ ।