गाउँदेखि शहरसम्म देउडाका भाका घन्किदै

फोटो क्याप्सन हुम्ला स्थानीय देउडा गायक देउडी गीत गाउदै । तस्बिर : सि.टा.

सि.टा.समाचारदाता
सि.टा. । राती त्यो पनि लुकेर गाउने देउडा गीतका भाका पछिल्लो समय गाउँदेखि शहरसम्म घन्किने क्रम बढ्दै गएको छ । जुन सुकै कार्यक्रममा पनि देउडा गायकहरुले बिभिन्न भाकामा देउडा गीत गाउन थालेपछि यसको चर्चा पनि बढ्दै गएको हो ।
कुनै समय देउडा गाउन लज मान्ने पनि गरिन्थ्यो ।

त्यो पनि आफ्ना मान्यजनका अगाडी गाउनै हुँदैन थियो । देउडा गाउने राती मात्र हो । अझ बनपाखा र लुकेर युवयुवी लिमी गाउँ भन्दा टाढा गएर देउडा गीत गाउने गरिन्थ्यो । पछिल्लो समय यो चलन पुरै हटी सकेको छ । अब दिउसै सवैका अगाडी गाउन कुनै लज सरम मान्ने भन्ने पनि छैन । देउडा गीत हाल गाउँदेखि शहरसम्म बिभिन्न भाकामा देउडा कलाकारहरु गाउने चलन बढ्दै गएको छ ।

केही दिन अगाडी मात्र समाजले खुला राष्ट्रिय देउडा प्रतियोगिता आयोजना गर्दा अठार जिल्लाका ३६ समुहको सहभागीता रहेको थियो । उहाँले उक्त प्रतियोगिता सञ्चालन अवधिभर सुर्खेत देउडामय भएको थियो । त्यसैगरि गत फागुन १२ राजधानी काठमाडौंमा पनि हुम्लाको उदियमान युवाक्लवले देउडा प्रतियाोगिता आयोजना गरेर टुडिखेल देउडामय भएको थियो । अव देउडा गाउने कुरा गाउमा मात्र सिमित नरहेर शहरमा पनि चर्चा पाउन थालेको छ ।

सदरमुकाम सिमकोट र सबै गाउँपलिका केन्द्रमा महिनामा दुई देखि तीन वटासम्म देउडा गाउने कार्यक्रम हुने गर्छन । कुनै सार्वजनिक कार्यक्रम आयोजना गर्दा पनि आयोजकले उपस्थिती बढाउन देउडा कै शरण लिनु पर्ने अवस्था आएको छ । कुरिजी, कुसस्कार र रुढीवादी मान्यता बिरुद्ध पनि देउडा गीत मार्फन सन्देश दिने कार्य बढ्दै गएको छ ।

त्यसैगरि हुम्लाका देउडा गायक नवराज भण्डारी, सुस्मीता भेरिकार, परबहादुर थापा, बनकला बि.सी. चाउरी परियार, इव्सन सन्ज्याल लगाएतका एक दर्जनवढी देउडा गायकले पटक पटक स्टुडियोमा देउडा गायर यु ट्युव र अन्य सामाजिक सञ्जालमा राख्ने कार्यले पनि सबैले गाउने गर्न थालिएको छ । पछिल्लो समय जिल्लाका देउडा गायकहरुले सामाजिक सञ्जालको प्रयोगले देउडाको चर्चा बढ्दै गएको देखिन्छ ।