सि.टा. समाचारदाता
सिमकोट । सााहित्यकार बसन्तश्रीले हिमाली जिल्ला हुम्लामा वसेर आफ्नो बाह्रौ कृतिका रुपमा भोट प्रकाशित गरेका छन् । लेखक समेत रहेका उनको यो खण्ड काव्य केही दिन अगाडी प्रकाशित भएको हो ।
भोट खण्ड काव्य आफुले बाह्रौ कृतिका रुपमा प्रकाशित गरेको हुम्ला जिल्ला सिमकोट गाउँपालिका–५ निवासी बसन्त रोकायाले जानकारी दिए । हाल राजनीति भोटका लागि भएको र त्यसैलाई खण्ड काव्यको बिषयबस्तु बनाईएको छ । राजनीति सिद्धान्त भन्दा पनि भोट केन्द्रीत भई रहेको र त्यो कुरालाई खण्ड काव्यमा उजागर गरिएको छ ।
कृति अझ बिशेष गरि दुर्गम क्षेत्रमा बढी भोटको राजनीति भई रहेको कुरा उल्लेख गरिएको छ । बिचार र सिद्धान्तले खासै महत्व नपाएको ,कसरी भोट बढी पाएर निर्वातिच हुने भन्ने मानसिकता राजनीतिकर्मीको देखिएको कुरा उल्लेख गरिएको छ ।
त्यसैगरि भोट खण्ड काव्यको सारमा बिकासको राजनीतिको नाममा भोटको राजनीति भई रहेको, ऐजेण्डाका राजनीति गर्नु पर्नेमा एजेन्टको राजनीति भएको, जहाँ पनि भोट निर्णायक हुने भएकोले पार्टीका अधिबेशन आम निर्वाचन, सरकार र सदनमा बढी यसको महत्व हुने देखाईएको छ ।
हिमाली वस्तीको भोटहरु कुशल नेतृत्वको पर्खाईमा रहेको र तुलनात्मक रुपमा बिकास ब्यवस्था भन्दा पनि अवस्थासंग जोडिएको कुरा दर्साईएको छ । राजनीतिमा पुस्तान्तरण र नेतृत्व हस्तान्तरण हुनु पर्ने, समयको मागलई बुझ्न पर्ने, अग्रगामी शोच र ब्यवहार हुनु पर्ने कुरा उल्लेख गरिएको छ । सेवा र शुसासन अनि बिकास र ब्यवस्था जनताको लागि हुनु पर्ने पनि देखाउन खोजिएको छ ।
खण्ड काव्यमा हिमाल, यार्सा, जुना र जैमल जस्ता पात्रहरुले भाट खण्ड काव्यलाई जिवन्त बनाई समाजको चित्र र चरित्र अनि परिस्थिती र मनस्थिती देखाउन भएको छ । भोटको बिमोचन कर्णाली प्रदेशका पुर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले केही दिन अगाडी काठमाडौंमा नेपाली लेखक संघको आयोजनामा गरेका थिए ।
यसअघि बसन्तश्रीका अक्षर या चित्कारहरु, हत्या गरौ कि आत्म हत्या कविता संग्रह, गाउँको बेथा मुक्तक गजल हाईकु संग्रह, एक कथा दुई नायिका कथा संग्रह, रोएर हाँसेका जिन्दकीहरु कविता संग्रह, उज्यालोको खोजी लघुकथा संग्रह, रुपान्तरण उपन्यास, बुनु कविता संग्रह, मधुमाधव कथा संग्रह, यार्सा खण्ड काव्य प्रकाशित भई सकेका छन ।























