सि.टा समचारदाता
हुम्ला । बन्द रहेको कर्णाली करिडोरको हुम्ला जिल्लामा पर्ने बोक्चे गौडा सडक पाँच दिनका लागि सञ्चालनमा आउने भएको छ । सर्वसाधरण यात्रुहरुको मर्का र बिकास निर्माणको सामाग्री तीन वटा गाउँपालिकाका ढुवानी गर्नका लागि सो क्षेत्रमा काम गर्दै आएको नेपाली सेनाले काम रोकेर सडक सुचारु गर्न लागेको हो ।
आर्थिक वर्षको अन्तिम समय आउन लागेको कारण बोक्चे गौडा क्षेत्रमा निर्माणको काम रोकेर सडक सुचारु गरिएको जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गरेर जानकारी गएको छ । अब उक्त सडक बैशाख ३० गतेबाट जेठ ३ गतेसम्म सुचारु हुनेछ । यो बिचमा सेनाले सडक निर्माणको कार्य बन्द गर्नेछ । यसअघि १० गतेबाट १३ गतेसम्म पनि सञ्चालन गरिएको थियो । गत चैत २५ गतेबाट सडक बन्द गरेर बोक्चे गौडा याङ्चु सडक बन्द गरिएको थियो ।
























