मानसरोवर माविमा ट्याक्टर पल्टिदा चालक घाईते

फोटो क्याप्सन मानसरोवर मावि क्षेत्रमा सडकबाट पल्टिएको ट्याक्टर । तस्बिर ः सि.टा.

सि.टा.समाचारदाता
सिमकोट । सिमकोट गाउँपालिका–६ को मानसरोवर माध्यामिक विद्यालय क्षेत्रको सडकमा ट्याक्टर पल्टिएको छ । मंगलवार दिउसो बाह्र वजेर चालीस मिनेटमा ट्याक्टर दुर्घटना हुँदा चालक गम्भीर घाईते हुनु भएको हो ।

चालक सिमकोट गाउँपालिका–४ निवासी २२ वर्षीया तारा सुनार ट्याक्टर दुर्घटनामा परि गम्भीर घाईते भएको प्रहरी नायव उपरिक्षक शंकर पोखरेलले बताए । ट्याक्टर सडक बाट दश मिटर तल पल्टिएको अबस्थामा भेटिएको हो । दाउरा लोड गरेर बजार क्षेत्र आउने क्रममा ट्याक्टर पल्टिएको हो ।

चालकलाई गम्भीर घाईते भएको अबस्थामा जिल्ला अस्पतालमा बिधार्थीहरुले उद्धार गरेका थिए । घाईतेको अवस्था जटिल रहेको र उपचार भई  रहेको अस्पतालले जनाएको छ । सडकमा ढुङ्गा राखेको कारण साँघुरो सडकमा ट्याक्टर गुड्दै गर्दा पल्टिएको हो ।