अझै पुरा भएन अस्पताल भवन निर्माण कार्य

फोटो क्याप्सन सर्केगार्ड गाउपालिकामा निर्माणका क्रममा रहेको अस्पतालको अधुरो भवन । तस्बिर ः सि.टा.

लोग भण्डरी
सिमकोट । २०७५ सालमा देशभर एकसाथ सिलान्यस गरिएका मध्यको एक सर्केगार्ड गााउपालिका केन्द्रमा निर्माण गर्न लागिएको अस्पताल भवनको निर्माण कार्य चार वर्षमा पनि पुरा हुन सकेको छैन । अस्पताल भवन निर्माणको जिम्मा पाएकाो निर्माण कम्पनीको लापरवाहीको कारण भवन निर्माणमा ढिलाई भएको हो ।

सम्झौता भएको दुई वर्षपछि मात्र अस्पताल भवनको निर्माण कार्य सुरु भएको प्रमुख प्रशासीकय अधिकृत कृष्णकेशर आचार्यले बताए । २०७८ साल जेठ महिनामा केएस कन्ट्रक्सनसंग गाउपालिकाले उक्त अस्पताल भवनको सम्झौता भएको थियो । उक्त भवनको निर्माण कार्य सम्पन्न गर्ने अवधि २०८३ साल साउन महिनासम्म रहेको छ ।

भवन निर्माणका लगि यति लामो अवधि राख्नु नै निर्माण कम्पनीले लपरवही गनर्ने बाटो रहेका छ । त्यतिबेला असी लाख रुपियाँ पेश्की लिने काम मात्र भएपनि काम सुरु भएन । काम सुरु नगरेपछि निर्माण कम्पनीलाई कार्यालयमा बोलाएर ठेक्का रद्ध गर्नेसम्मको कुरा उठाएपछि निर्माण कम्पनीले तत्काल काम सुरु गर्ने र समय मै सम्पन्न गर्ने कागज गरेपछि काम निर्माण कार्य अगाडी बढेको हो ।

कार्यालयको ताकेतापछि २०८० सालमा निर्माण कम्पनीले काम बल्ल सुरु गरेको थियो । बाह्र कोठे दुई तले भवन तल्लो तलाको संरचना अहिले पनि अधुरो अवस्थामा रहेको छ । पहिले लगेको पेश्की रकम फछ्यौट गरेर हाल निर्माण गरिएको कामको पनि बील उठाएर संङ्घीय सरकारसंग दुई करोड एक लाख माग गरेर त्यो रकम पनि गाउँपालिकामा आई पुगेकोले अब निर्माण कम्पनीलाई भुक्तानी दिने तयारीमा गाउँपालिका रहेको छ ।

यो संरचना निर्माण कम्पनीले गतवर्ष असारमा निर्माण गरेको हो । उक्त रकम भुक्तानी दिएपछि भवनको बाँकी काम सुरु हुने र निर्माण कम्पनीले गरेको कामका आधारमा बाँकी भुक्तानीका लागि बजेट माग गरिनेछ । भवनको हालसम्म पैतीस प्रतिशत भौतिक प्रगति देखिएको छ ।