तालिमबाट सीप सिकेर स्वरोजगार बन्न आग्रह

फोटो क्याप्सन तालिमकोट उद्घाटन गर्दै प्रजिअ पाण्डेय । तस्बिर ः सि.टा.

सि.टा. समाचारदाता
सिमकोट । हुम्ला जिल्ला प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले आयआर्जन मूलक तालिमबाट सीप सिकेर स्वरोजगार बन्न सहभागीलाई आाग्रह गरेका छन । शनिबारबाट सुरु भएको रैथाने तथाा परम्परगत सीप प्रर्बद्धन कार्यक्रम अन्तर्गत डीपाखी बुनाई तालिमको उद्घाटन कार्यक्रममा प्रजिअ पााण्डेयले सो कुरा बताएका हुन ।

सरकार ठुलो लगानी गरेर बेरोजगारहरुलाई स्वरोजागार बनाउन तालिमको ब्यवस्था गरेको बताउदै उनले यसबाट फाईद लिन सहभगीलाई आग्रह गरे । तालिमका लागि तालिम नभएर यो उद्यमी बनेर स्वरोजगार बन्दै आम्दानी गर्नेतर्फ तालिम सहयागी लाग्नु पर्ने उनले बताए । कार्यक्रमम सामजिक बिकास कार्यालयक प्रमुख हर्क बस्नेतले तालिमको उद्धेश्य माथि प्रकाश पार्दै सहभगीलाई सकृय सहभागीताको लागि आग्रह गरे ।

सो कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष राजन रावत तालिम धेरै हुने, धेरैले लिने तर त्यसको सददुपयोग नभई रहेको अवस्थामा यो तालिम लिएप किम्तीमा पचास प्रतिशत महिलाले ब्यवसाय सुरु गरेर स्वरोजगार वन्नु पर्ने उनले बताए ।

स्थानीय सहजकर्ताका रुपमा होजार लामा र निमा लामा रहेकी छन । सिमकोट र नाम्खा गाउँपालिका १३ जना महिला सहभागी रहनु भएको छ । तालिम अवधिमा महिलाले कोटको पाखो बुन्ने कार्य गर्नेछन् ।