मानसरोवर कैशालको दर्शनका लगि बाह्य पर्यटक आउन सुरु

फोटो क्याप्सन सिमकोट विमानस्थलमा पुई पुगेका बेलायती पर्यटकहरु । तस्बिर ः सि.टा.

लोग भण्डरी
सिमकोट । यस वर्षको मानसरोवर कैलाशको धार्मिक यात्रा सुरु भएको छ । तेस्रो देशका धार्मिक पर्यटकहरु सदरमुकाम सिमकोट हुँदै उहाँले मानसरोवर कैलाशको यात्रा सुरु गरेका हुन । मानसरोवर कैलाशको दर्शनका लागि तीन जना बेलायती नागरिक नेपालगंजबाट सिमकोट आई पुगेको होटेल तथा पर्यटन ब्यवसायी रिन्जिन लामाले बताए ।

उनीहरु सिमकोटबाट लिमी उपत्यका भएर पैदल मार्गबाट हिल्सा निस्केर ताक्लाकोट हुँदै मानसरोवर कैलाशको दर्शन गर्ने कार्यक्रम रहेको छ । उक्त समुहले तीन दिन लगाएर कैशाख पर्वतको कोरा लगाउने छ । अर्को टोली पनि आउन लागेको बताउदै उनले बल्ल मानसरोवर कैशालको धार्मिक यात्रा सुरु भएको बताए ।

धार्मिक पर्यटक आउन सुरु भएसंगै हुम्लाका होटेल तथा पर्यटक ब्यवसायी समेत उत्साहित हुन थलेका छन् । कोरोनायता चीनले बन्द गरेको हिल्सा नाका गत वर्ष बैशाख १८ गते सुचारु गरेको थियो । गतवर्ष पनि केही बाह्र पर्यटकहरु हिल्साबाटै मानसरोवर कैलाशको धार्मिक यात्रा गर्नु भएको थियो ।

यसवर्ष भारतीय बाहेक अन्य देशका धेरै धार्मिक पर्यटकहरु हिल्सा नाकाबाट मानसरोवर कैलाशको यात्रा गर्ने तयारी भई रहेको उहाँँले बताउनुभयो । सिमकोट बिमानस्थलमा उक्त टोलीलाई खादा लगाएर सिमकोट गाउपालिकाले स्वागत गरेको थियो । यसअघि सिमकोट हुँदै हिल्साबाट नौ सदस्यीय अष्ट्रेलियाको समुह मानसरोवर कैलाशको दर्शन गरि सक्नु भएको छ ।

गत वर्ष ४७८ जना पर्यटकहरुले हिल्सा नाकाबाट चीनको ताक्लकेट हुदै मानसरोवर कैलाशको दर्शन गर्नु भएको थियो । २०७२ सालको भुकम्पपछि चार वर्ष लगातार तीस हजार २५८ जना धार्मिक पर्यटकहरुले सिमकोटबाट हिल्सा हुदै मानसरोवर कैलाशको दर्शन गर्दा सिमकोट र हिल्सामा निक्कै चहल पहल भएको थियो । उक्त अवधिमा हिल्सा र सिमकोटमा ठुला लगानीका होटेलहरु समेत निर्माण भएका थिए ।