सि.टा. समाचारदाता
सिमकोट । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था हुम्लाले एसईईमा उत्कृष्ट बिधार्थीलाई छछत्रबृति प्रदन गरेको छ । संस्थाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उत्कृष्ट दुई जना विद्यार्थीलाई छात्रवृति प्रदान गरेको हो ।
संस्थाले आफ्नो संस्थामा आवद्ध ग्राहक सदस्यका दुई जना छोराछोरीलाई छात्रबृति प्रदान गरेको उक्त संस्थाका प्रबन्धक कुमार न्यौपाने बताए । सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष प्रदान गरिने माध्यामिक शिक्षा परिक्षा उत्र्तीण ग्राहक सदस्यका छोराछोरीलाई डाक्टर हरिहरदेव पन्त स्मृति छात्रवृति पुरस्कार प्रदान गरिएको होे ।
आफ्नो संस्थाका ग्राहक सदस्यका दुई जना छोराछोरी सिमकोट गाउँपालिका–७ सर्जन सिंह र वडा–८ स्याडाका भुपना बुढालाई दश दश हजारको छात्रबृति प्रदान गरिएको हो । सिमकोट शाखाबाट प्राप्त निवेदन मध्ये सर्बोत्कृष्ट अंक प्राप्त गरेको भन्दै स्याडा मालिका समूहका सदस्य जान्की बुढाको छोरी र वडा नम्बर ७ को जबुका स्वावलम्बी महिला समूहका सदस्य धनकला सिंहका छोरालाई छात्रवृति सहयोग गरिएको हो ।
निर्धनले सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक वर्ष आफ्ना ग्राहकका छोराछोरीलाई छात्रवृति सहयोग गर्दै आएको छ । उक्त संस्थाले प्रदान गरेको छात्रबितृ पाउँदा आफुहरुको अध्ययनमा थप हौसला र सहयोग मिलेको छात्रबृति पाउने विद्यार्थी बुढाले बताए । संस्थाले सअघि आफ्ना मृतक ऋणी सदस्यका परिवारलाई आवधिक कर्जा बापद राहात समेत प्रदान गरेको थियो ।



















