उधाेग बाणिज्य संघ हुम्ला बाट पहिरो पिडितलाई राहात बितरण

सि.टा. समाचारदाता
हुम्ला । उत्तरी नाम्खा गाउँँपालिका– ६ को लिमीको तील गाउँँका पहिरो पिडितलाई  उधाेग बाणिज्य संघ हुम्ला  बाट राहात बितरण गरेकाे छ  । लिमि गाउँकाे तिल गाउँ पहिरोको जोखिममा परेका लाई प्रमुख समस्या गाँस बास कपासकाे लागि अावश्क पर्ने हेतुले राहात बितरण गरियकाे हाे ।

१९ घरधुरीका ३२ जनालाई सोहि ठाँउमा पुगि  25 केजिकाे एक एक कट्टाका दरले राहात बितरण गरियकाे उधाेग बाणिज्य संघ हुम्लाका अध्यक्ष राम बहादुर भण्डारिले  जानकािर दिय  ।
तील गाउँँ र कञ्जुम गुम्बाको बिच भएर बग्ने सेखाङलुग्वा खोलामा पहिरो आउँँदा  तीस हल खेती योग्य उवा छरेको जमिन र बिधुतको पावर हाउस पुर्ण रुपमा बगाएको छ । सो पहिरो तील गाउँ माथिको काँजी हिमालबाट आएको हुनाले हिमालको फेदीमा हिमताल फुटेको हो ।

त्यसैगरि पहिरोबाट सिचाई कुलोलाई पनि पुर्ण रुपमा क्षेती पुगेको छ । खानेपानीको लाईनमा क्षेती पुगेपछि गाउँमा खानेपानीको पनि समस्या भएको छ । पहिरोबाट बचेको जग्गामा सिंचाईको समस्या हुनेछ । पहिरोले क्षेती पुर्याएको जग्गामा केही दिन अगाडी मात्र उवा छरिएको थियो ।
वर्षा नभएको भएपनि पहिरो जेठ १ गते बिहीबार राती ११ वजे एक्कासी आएको हो ।

पहिरो आएसँगै स्थानीय बासीन्दालाई  सो राती नै सुरक्षित स्थान हाल बन्द रहेको हिमशिखर आधारभुत बिद्यालयको प्राङगणमा सारिएको थिेयो । पहिरोले बगाएपछि तील गाउँबाट गुम्बा आवतजावत गर्ने बाटो अबरोध भएको छ ।