सि.टा.समाचारदाता
सिमकोट । कर्णाली करिडोरको हुम्ला खण्डमा पर्ने लालीवगर क्षेत्रको सडक अवरुद्ध भएको छ । वर्षाको कारण माथिबाट आएको पहिरो सहितको लेदो सडकमा जम्मा भएपछि सडक अवरुद्ध हुँदा यातायात सेवा पुर्ण रुपमा ठप्प भएको हो ।
वर्षाको कारण लालीवगर क्षेत्रको सडक पुर्ण रुपमाा अवरुद्ध भएको खार्पुनाथ गाउँपालिका– २ का वडा अध्यक्ष चन्द्र रावलले बताए । पहिरो बिहीबार बेलुका गएको हो । पहिरो चार स्थानमा सडक भत्काएको छ भने पाँच स्थानको सडकमा लेदो जम्मा भएर सडक अवरुद्ध भएको कारण यातायात सेवा पुर्ण रुपमा बन्द भएको छ ।
लालीबगर क्षेत्रको एक किलो मिटर सडकमा पहिरोले अवरुद्ध भएको हो । सडक अबरुद्ध भएपछि नेपालगंज र सुर्खेतबाट बोक्चे गौडासम्मका लागि आएका मालवहाक ट्रक लाली खोलामा रोकिएका छन् भने पहिरोले अवरुद्ध भएको सडकको बिचमा पनि बोलेर जीपहरु रोकिएका छन् ।
तीस भन्दा बढी यातायातका सधनहरु पहिरो गएको स्थानमा फसेका छन् । यात्रुहरु पैदल हिडेर आउजाउ गरि रहनु भएको छ । बिहीबार मुगुबाट सिमकोटर्फ आउर्दै गर्नु भएका यात्रु तीर्थरज भण्डारीले राती एघार बजेट लाली बगरवाट साँढे एक घण्टा हिडेर खार्पुनाथ गाउँपालिकाको केन््द्र याङ्चु बजार पुगेर वास वसेको बताए । चालक तथा यातायातका साधनहरुको अवरुद्ध सडकमा विजोग भएको उनको भनाई रहेको छ ।
























