सि.टा. समाचारदाता
सिमकोट । यही जेठ १८ देखि असोज १४ सम्मको अवधिमा औसतभन्दा बढी वर्षा र औषतभन्दा बढी तापक्रम हुने प्रक्षेपण गरिएको छ । उच्च हिमाली र उच्च पहाडी क्षेत्रमा ३५ देखि ४५ प्रतिशत, बागमती प्रदेशमा ३५ देखि ४५ प्रतिशत, गण्डकी र लुम्बिनी प्रदेशका दुई तिहाई भागमा औसतभन्दा बढी वर्षा हुने अनुमान छ ।
उच्च हिमाली क्षेत्रमा औसतभन्दा बढी तापक्रम हुने भनिएकाले हिम पहिरोदेखि हिमताल विस्फोटका घटना पनि सँगसँगै हुने अवस्था रहेको विज्ञहरूको चेतावनी छ । विज्ञहरूको पूर्वानुमानलाई आधार बनाएर सरकारले पूर्वतयारीका कामहरू व्यवस्थित हिसावले गरिरहेको बताएको छ ।
जलवायु तथा विपद् विज्ञले मनसुनी असरले पार्ने समस्या न्यूनीकरणमा सरोकारवाला निकायमात्र नभई आम नागरिकको भूमिका त्यत्तिकै महत्त्वपूर्ण हुने बताएका छन । यस वर्षको जेठ १८ देखि असोज १४ सम्मको अवधिमा औसतभन्दा बढी वर्षा र तापक्रम बढ्ने छ । ३० वर्ष यताकै धेरै वर्षा हुने छ ।
यस वर्ष देशका विभिन्न स्थानमा फरक फरक वर्षा हुने छ । मधेश प्रदेशकै उत्तरी भागको उच्च स्थान र चुरे क्षेत्रमा औसतभन्दा बढी वर्षा हुने छ । सुदूरपश्चिमको उच्च हिमाली क्षेत्र दार्चुला, बैतडीलगायतका क्षेत्रमा भनेपछि त्यही कुरा बागमती प्रदेशको कतिपय ठाउँमा ३५ देखि ४५ प्रतिशतमात्र छ । तर केही ठाउँमा चाहीँ ४५ देखि ५५ प्रतिशतको सम्भावना देखिन्छ । सम्भावना अझ बढी छ भन्ने देखिन्छ ।
उहाँले भन्नुभयो, ‘‘गण्डकी प्रदेशको अधिकांश दुई तिहाई भागमा र लुम्बिनी प्रदेशको पनि करिब करिब दुई तिहाई भागमा औसतभन्दा बढी वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ भन्ने देखाएको छ । यसबाट के बुझिन्छ भने गण्डकी प्रदेशमा सबैभन्दा बढी वर्षा हुने देखिन्छ ।
सपटकको विशेषता भनेको उच्च हिमाली क्षेत्रमा पनि औसतभन्दा बढी वर्षा र खासगरी कर्णाली प्रदेशको उत्तरी भाग र सुदूरपश्चिम प्रदेशको उत्तरी भाग, लुम्बिनी प्रदेशको उत्तरी भागका साथै गण्डकी प्रदेशको पनि उत्तरी भागमा औसतभन्दा बढी तापक्रम पनि हुने भनिएकाले हुनाले चाहीँ डरलाग्दो विषय छ । उच्च हिमाली क्षेत्रमा तापक्रम औसतभन्दा बढी हुनु भनेको हिम पहिरोदेखि हिमताल विस्फोटका घटनापनि सँगसँगै हुने त्यस्तो अवस्थापनि देखाएको छ ।
यो लामो प्रक्षेपण भयो अब प्रत्येक महिनाको प्रक्षेपण पनि हुन्छ । र यो असारको नजिक नजिक जुन प्रक्षेपण हुन्छ त्यसलाई हेर्नुपर्ने हुन्छ । असारको पहिलो हप्ताको प्रक्षेपण, साउनको पहिलो हप्ताको प्रक्षेपण, भदौको पहिलो हप्ताको प्रक्षेपण त्यो हेरेपछि अहिलेको अवस्था कति ब्रेक हुन्छ ।
कृषि क्षेत्रमा मनसुनी असरको समस्या न्यूनीकरणमा जोड दिनुपर्छ । मनसुनी वर्षा जुन रूपमा हुनुपर्ने हो सोही रूपमा भए कृषि प्रणालीलाई पनि फाइदा पुग्ने छ । मनसुनको बिचमा लामो समय पानी परेन भने कृषिमा यसले नराम्रो असर पार्ने छ । यसलाई व्यवस्थित वा न्यूनीकरण गर्नेतर्फ भने सरोकारवाला निकायहरूको भूमिका नै बढी महत्त्वपूर्ण हुने छ ।
मनसुनी असरले पार्ने समस्या न्यूनीकरणमा सरोकारवाला निकायमात्र नभई आम नागरिकको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुने छ । कृषिको सन्दर्भमा कृषि अनुसन्धान केन्द्रदेखि लिएर कृषि विभाग, कृषि मन्त्रालयसँग बढी विज्ञता हुन्छ ।
कुन बालीमा कस्तो असर पर्छ भन्नेकुरा उनीहरूलाई बढी थाहा हुन्छ । अब सुरुको अवस्थामा प्रि मनसुनमा मनसुन सक्रिय भएको छ । यो पछिल्लो मनसुनभन्दा अगाडिको महिनामा अझ बढी सक्रिय भएको छ । आज र भोलिमा पनि प्रि मनसुनको अन्तिम अवस्थामा पनि मनसुन सक्रिय हुने नै देखिन्छ ।
























