गणतन्त्र दिवस मनाउन जिल्ला स्तरीय समारोह समिति गठन

फोटो क्याप्सन जिल्ला प्रशासन कार्यालयम वसेको बैठकका सहभागीहरु । तस्बिर : सि.टा.

सि.टा  समाचारदाता
हुम्ला । गणतन्त्र दिवस मनाउन जिल्ला स्तरीय समारोह समिति गठन गरिएको छ । मंगलवार वसेको सर्वदलीय वैठकले जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माको संयोजकत्वमा उक्त समिति गठन गरेको हो ।

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको अध्यक्षतामा वसेको सर्वपक्षीय वैठकले गण्ततत्र दिवस मनाउन जिल्ला स्तरीय समिति गठन गर्ने र तीन दिनमा विभिन्न कार्यक्रम गरेर दिवस मनाउने निर्णय वैठकले गरेको हो ।

गाउँँपालिकाका अध्यक्ष, समितिमा प्रमुख जिल्ला अधिकारी, उपाध्यक्ष, सुरक्षा निकायका प्रमुख, कार्यालय प्रमुख लगाएत राष्ट्रसेवक कर्मचारी, राजनीति दलका प्रमुख, पत्रकार महासंघ, उद्योग बाणिज्य संघ, रेडक्रम लगाएतलाई समितिका समेटिएको छ ।

त्यसैगरि जेठ १५ गते एयरपोर्ट चोकबाट प्रभातफेरी गरेर जिल्ला समन्वय समितिमा पुगेर कार्यक्रम गर्ने, यो कार्यक्रमको संयोजक पुर्वाधार बिकास कार्यालयले गर्ने, जेठ १४, १५ र १६ गते सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फहराउने, साँझ दिपावली गर्ने, जेठ १५ गते साझ लोकतन्त्र चोकमा दिप प्रज्वलन गर्ने, नागरिक उड्डयान कार्यालय परिसरमा जेठ १५ गते राष्ट्रिय झण्डा राख्ने र जेठ १६ गते बिहाान ८ वजे कारागारका कैदी वन्दीहरुको स्वास्थ्य परिक्षण गर्ने निर्णय भएको प्रजिय पाण्डेयले बताए ।

वैठकमा समन्वय प्रमुख शिवराजशर्मा, सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारी, अदानचुली गउपलिकाका अध्यक्ष मोहन बिक्रम सिंह, चंखेली गाउपालिकाका अध्यक्ष प्यारीलाल शाही, सुरक्षा निकायका प्रमुख लगाएतको उपस्थिती रहेको थियो ।