हुम्लामा मनाईयो प्रेश युनियनको ३४ औं स्थापना दिवस

सि.टा. समाचारदाता
सिमकोट । नेपाल प्रेस युनियनको हुम्ला शाखाले मंगलवार आफ्नो ३४ औ स्थापना दिवस प्रभात फेरी कार्यक्रम संचालन गरी मनाएको छ । जिल्ला सदरमुकाम सिमकोटको लोकतान्त्रीक चोकवाट जम्मा भएको र्यालीले सिमकोट बजार परिक्रम गरी तल्लो बजारसम्म पुगी स्थापना दिवस मनाएको थियो ।

प्रेश युनियनको केन्द्रिय निर्देशन अनुसार पहिलो दिन प्रभावत फेरी कार्यक्रम संचालन गरेको छ भने यसैगरी विरामीलाई फलफुल बितरण् गर्ने, फुटसल आयोजना गर्ने कार्यक्रम तय गरिएको छ । कार्यक्रममा काँग्रेस हुम्लाका सभापति मोहन विक्रम सिंह, उपसभापति कैलाश भण्डारी, कोषाध्यक्ष बविता शाही, काँग्रेस महाधिबेशन प्रतिनिधि रिता शाही, नेपाली काँग्रेस कर्णाली प्रेदेश अधिबेशन प्रतिनिधि, सविता बुढा, पत्रकार महासंघका अध्यक्ष राजन रावत, प्रेश युनियन अध्यक्ष राज शाही, चौतारी अध्यक्ष दाने बोहरा लगाएतको सहभागिता रहेको थियो ।

२०४८ साल जेठ १३ गतेका दिन लोकान्त्रीय पत्रकारहरूको भेलाले पेशागत प्रत्याभूति र एकताबद्ध तथा संगठित रूपमा अगाडि बढ्ने प्रतिबद्धता गर्दै नेपाल प्रेस युनियनको स्थापना भएको थियो । श्रमजीवि पत्रकारहरूको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नै गर्न सकिन्छ भनेर २०४८ साल जेठ १३ गते तत्कालीन प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको हो । स्थापनाकालदेखि नै पत्रकारहरूको हकहितमा आवाज उठाउँदै आएको छ ।