राप्रपाको काठमाडौंको आन्दोलनमा सहभागी हुने हुम्लाका कार्यकर्तालाई छाता सहयोग

सि.टा. समाचारदाता
सिमकोट । जेठ १५ गतेबाट राप्रपाले काठमाडौंमा गर्न लागेको अनिश्चित कालीन आन्दोलनमा हुम्ला जिल्लवाट सहभागी हुने कार्यकर्ताहरुलाई छाता सहयोग गरिएको छ । आन्दोलनका वखत पानी परे ओढ्ने र हुम्लाको पहिचानका लागि छाता ओडेर आन्दोलनमा सहभागी जनाउने छन ।

आन्दोलनमा कोही कसैको घुस पैठ नहोस र भएपनि पहिचान गर्न सहज होस भन्नका लागि आन्दोलनमा सहभागी हुम्लाका कार्यकर्तालाई छाता सहयोग मिलेको राप्रपा हुम्लाका अध्यक्ष बिकास महतले बताए । उनले यो सहयोग राप्रपा हुम्लाका उपाध्यक्ष गणेश शाहीले प्रदान गरेको बताए । पचास थान छाता सहयोग गरिएको छ । उपाध्यक्ष शाही हाल जपनमा वस्दै आएका छन ।